×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालोबजारीबिरुद्ध १७ हजार पटक अनुगमण गरेको आपुर्ति मन्त्रालयमा रेकर्ड ! मन्त्री तीनछक्क

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कालोबजारीबिरुद्ध १७ हजार पटक अनुगमण गरेको आपुर्ति मन्त्रालयमा रेकर्ड ! मन्त्री तीनछक्क

२२ भाद्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

‘यस्ता मन्त्री त कति आए कति ? धेरै पटक अनगमन पनि गरे, मैले ब्यवसाय गर्न रोकिन, अहिले किन बन्द गर्ने ? जे गर्न सकिन्छ गर्दा हुन्छ’ , दरवारमार्गका एक ब्यापारीले चुनौतिपूर्ण अभियब्यक्ति दिएपछि आपूर्तिमन्त्री शिवकुमार मण्डलको पारो तातियो । तत्कालै उनले प्रहरी र कर्मचारीलाई पसल सिलवन्दी गर्न निर्देशन दिए । २७ सयको जुत्तालाई २७ हजारमा बिक्रि गरेको भन्दै ब्यापारीमाथी मन्त्रीले कारवाही थाल्ने चेतावनी दिएर हिडे ।
दोस्रो दिन मन्त्री मण्डल आफ्नै मन्त्रालय अन्तर्गगको आपुर्ति अनुगमण विभागमा पुगे । त्यहाँ उनले अनुगमणको रेर्कड हेरेर तीनछक परे । आपुर्ति मन्त्रालयले कालोबजारी रोक्न हालसम्म १७ हजार पटक अनुगमण गरिसकेको रहेछ । न्यूरोडको गुदपाकदेखि मुग्लिनसम्मका होटलमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनुगमण गरेको रेकर्डसम्म फेला पारे । १७ हजार पटक अनुगमण गर्दा सयौ ब्यापारीले उपभोत्ता ठगि गरेको प्रमाण पनि फेला परे । तर कालोबजारी गर्ने कोही पनि कारवाहीको दायरामा आएनन् ।
आपुर्ति अनुगमण विभागले बजारदेखि खाद्यय संस्थान, साल्ट्रटेडिङसम्म अनुगमण गरेको रेकर्ड राखेको छ । यी सवै ठाउँमा केही न केही त्रृटि पनि फेला पारेको छ । तरपनि कुनैपनि ब्यापारी र कर्मचारी हालसम्म कारवाहीको दायरामा आएका छैनन् । ‘दोषि हुँदा हुँदै कतिपयले उन्मुक्ति पाएका रहेछन् भने कतिपयले सामान्य कारवाही पाएका रहेछन’ , आपुर्तिमन्त्री मण्डलले भने ‘म दोषिलाई छोड्दिन, कालोवजारी गरे कानुनले कारवाही गर्छ भन्ने सवैलाई जानकारी गराउन चाहान्छु ।’
सरकारले दशै र तिहारका अवसरमा मात्र बजारको अनुगमण गर्दै आएको छ । अन्यबेला सधै सुतेर बस्ने अनुगमण विभागमा भने १७ हजार पटक अनुगमण गरेको रेकर्ड छ । ‘सिस्टमलाई पोलियो रोग लाग्यो, ब्यापारीले कानुन र राज्यलाई टेरेनन्, कानुन र राज्यभन्दा ब्यक्ति माथी भए’ , आपुर्तिमन्त्री मण्डलले भने ‘गलत गरे राज्यले कारवाही गर्छ भन्ने ठाउँमा पुरयाउँछु ।’
ब्यापारीले फाइदाकै लागि ब्यवसाय गर्छ । यो उसको धर्मपनि हो । तर ब्यवसायी धर्मका नाममा कालोवजारी गर्नु अपराध भएको मन्त्री मण्डलले बताए । ‘मलाई कसले कारवाही गर्छ भन्ने दम्भ राख्ने ब्यापारीलाई म भन्छु कालोवजारीलाई कारवाही गर्न मलाई कस्ले रोक्छ ? म पनि हेरौ ।’ – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी