×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटमा नेपाली सेनाको ब्यारेकनजिकै बम विष्फोट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रौतहटमा नेपाली सेनाको ब्यारेकनजिकै बम विष्फोट

२२ भाद्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रौतहट – रौतहटको चन्द्रनिगाहपुर (च:पुर) नगरपालिकाको पूर्वपश्चिम महेन्द्र राजमार्गमा बम विष्फोट भएको छ ।
नेकपा (माओवादी केन्द्र)को तर्फबाट मेयर पदमा बुधबार उम्मेदवारी दर्ता गराएका समीर भट्टराईको घर नजिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ । बुधबार राति करिव साढे नौ बजेतिर भएको उक्त बम विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीको भनाई छ ।
बम विष्फोटको जिम्मेवारी कसैले नलिए पनि चुनाव खारेजी अभियानमा सक्रियता देखाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको हुन सक्ने प्रहरीको अनुमान गरेको छ । 
अज्ञात समूहले यसअघि मंगलबार राति लहानमा पनि बम विष्फोट गराएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी