काठमाडौं– मोबाइल उत्पादक तथा कम्युनिकेशन डिभाइस वितरक कम्पनी ट्रान्सन होल्डिङ्गले तीनवटा नयाँ ब्रान्ड नेपाली मोबाइल बजारमा भित्र्याएको छ । कम्पनीले टेक्नो, आइटेल र ओराईमो ब्रान्ड ट्रान्सन होल्डिङ्गको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइलद्वारा विक्री हुनेछ ।
कम्पनीकाअनुसार आइराइमो मोबाइलमा १२ महिनाको वारेण्टी साथै टेक्नोमा १३ महिना र आइटेलमा १२ महिनाको वारेण्टीबाहेक अत्याधुनिक सेवा स्वरुप एक सय दिनसम्म सट्टा गर्न मिल्ने वारेण्टी सुविधा समेत छ । यी नयाँ मोबाइलको उद्घाटनको क्रममा बोल्दै ट्रान्सन होल्डिङ्ग नेपालका मुख्य प्रबन्ध निर्देशक मार्को माले मोबाइल फोन र एक्सेसरिजका लागि नेपालमा ठूलो सम्भावना रहेको कुरा बताए ।
साथै उनले ग्राहकको समयअनुसारको मागलाई अझै पनि पुरा गर्न नसकिएको अवस्थामा यी तीन मोवाइल लन्च गरेर ग्राहकको चाहनालाई परिपूर्ति गर्ने र ग्राहकलाई विशिष्ट एवं अत्याधुनिक सेवा प्रदान गर्ने लक्ष्य राखिएको बताए । महालक्ष्मी मोबाइलका जनरल म्यानेजर सन्तोष भण्डारीले यो एउटा महत्वपूर्ण शुरुवात भएको बताए । ट्रान्सन होल्डिङ्गको विश्वभर ५८ वटा देशहरुमा उपस्थिति रहेको छ ।
हेर्नुहोस् उक्त मोबाइल ‘लन्च’ कार्यक्रमका केहि झलकहरु

































Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्