×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्डरवल्र्ड डन दाउदको नाम दिएर भारतीय जासुस वीरञ्जमा सक्रिय, अन्सारी निशानामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अन्डरवल्र्ड डन दाउदको नाम दिएर भारतीय जासुस वीरञ्जमा सक्रिय, अन्सारी निशानामा

२१ भाद्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रदेश नम्वर २ को निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन दलका नेता, कार्यकर्ताहरु रातदिन खट्टिएका बेला भारतीय जासुसी संस्था रअका प्रतिनिधिहरु पनि परिचालन भएका छन् ।
प्रदेश नम्वर २ को निर्वाचनलाई अवलोकन र अध्ययन गर्न भारतीय जासुसी संस्था रअका प्रतिनिधीहरु झण्डै एक महिनादेखि मधेस क्षेत्रमा सक्रिय भएका छन् । वीरगन्जलाई मुकाम बनाएर रअका प्रतिनिधिले आफ्नो गतिविधि सञ्चालन गरिरहेका छन् । रअ प्रतिनिधिले दिएको रिपोट अनुसार भारतीय दैनिक पत्रिका हिन्दुस्तान टाइम्सले वीरगन्ज महानगरपालिका एमाले उम्मेद्धार बसुरिद्धिन अन्सारीलाई अन्डरवल्र्ड डन दाउद इव्रामसँग जोडेर समाचार लेखेको छ ।
एमाले मेयरका उम्मेद्धार अन्सारीले सञ्चालन गरेको वीरगन्ज नेशनल मेडिकल कलेजमा दाउदको लगानी रहेको प्रचार गरिएको छ । रअका प्रतिनिधि दाउदको हवाला दिँदै वीरगन्जमा सक्रिय भएका छन् । रअका नेपाल प्रमुख एबी माथुरको नेतृत्वमा २५ जनाको टोली सक्रियरुपमा लागेको छ । दलका नेतादेखि सरकारका उच्च अधिकारीहरुसँग उनीहरुले नियमित भेटघाट गरिरहेका छन् ।
एमाले उम्मेद्धार अन्सारीलाई रअका प्रतिनिधिले दाउदसँग जोडेपछि एमालेले आपत्ति जनाएको छ । वीरगन्जको समाजसेवामा हुँदा, माओवादी केन्द्रबाट संविधानसभामा उम्मेद्धार हुँदा उनी निस्कलंक तर एमाले उम्मेद्धार हुनसाथ दाउदका ऐजेण्ट भन्न मिल्दैन, एमाले महासचिव इश्वर पोखरेलले भने एमालेलाई हराउन कांग्रेस, माओवादी केन्द्र, राजपा र भारतीय जासुसी संस्थाबीच महागठबन्धन बन्न लागेको छ ।
भारतीय जासुसी संस्थाका प्रतिनिधि र सरकार मिलेर एमाले नेता कार्यकर्ता र उम्मेद्धारमाथी हमला हुन सक्ने आशंका समेत एमालेले गरेको छ । कतिपय हाम्रा उम्मेद्धारलाई धम्किपनि आइसकेको छ, एमाले प्रदेश नम्वर २ का संयोजक सत्यनारायण मण्डलले भने देशभित्र र बाहिर दुवैतिरबाट धम्कि आउने गरेको छ ।
रअ प्रतिनिधिहरु मधेस केन्द्रीत दलहरुबीच चुनावी तालमेल गराउन र एमाले उम्मेद्धारहरुलाई तर्साउन थालेका छन् । मधेस केन्द्रीत दलहरुबीच तालमेल नभए नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल गराउने प्रयास गरिरहेको एमालेले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश नम्वर २ को चुनावी प्रचारमा पुग्दा भारतीय रअका प्रतिनिधिको गतिविधि बारे जानकारी लिएका थिए । रअ प्रतिनिधिको गतिविधि थाहा पाएपछि दाहालले नेपाली भूमिबाट भारतीय क्याम्प हटाउनु पर्ने प्रतिक्रिया दिएका थिए । – एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी