×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८८ केजी सुन तस्करी प्रकरणबारे भयो यस्तो नयाँ खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

८८ केजी सुन तस्करी प्रकरणबारे भयो यस्तो नयाँ खुलासा

२० भाद्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपालको भूमि प्रयोग गरी तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको ८८ केजी सुन सुरक्षा निकायको स्कर्टिङमा काठमाडौं आइपुगेको नयाँ रहस्य पत्ता लागेको छ । 
तिब्बतको नाका रसुवागढीबाट नेपाल प्रवेश गरेको उक्त सुन कहीँ पनि चेकजाँच नभइ काठमाडौं आइपुगेको तथ्य फेला परेको हो । चिनियाँ नागरिकले मगाएको सुन ठमेलमा होटल सञ्चालन गर्दै आएका चिनियाँ नागरिक याङवेन विङ र पान विङ मिङले मगाएको उक्त सुन प्रहरीले सुराकीको आधारमा सोमबार क्षेत्रपाटीबाट पक्राउ गरेको थियो ।
काठमाडौं भित्र्याएको उक्त सुन लिन २ भारतीय नागरिक शिवम् पटेल र रानी वर्मा ठमेलमा बसेको भए पनि उनीहरुले सुन रिसिभ गर्न नपाउँदै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । रसुवागढीबाट आउको बा १ च ६४२७ नम्बरको टाटा स्ट्रोम गाडी बिनाचेक जाँच राजधानी भित्रिएको थियो । १४ स्थानमा चेकजाँच गर्ने प्वाइन्ट भए पनि कहींकतै उक्त गाडी चेक भएको थिएन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी