×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्प्रेसको ९० दिने उत्सव उपहार योजना सार्वजनिक

PRIME CA

सिटी एक्प्रेसको ९० दिने उत्सव उपहार योजना सार्वजनिक

१६ भाद्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

city-express-money-transfer
काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नजिकिँदो दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरुलाई ९० दिनसम्मचल्ने ‘उत्सवएक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरेर कम्पनीले उक्त उपहार योजना सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले यस उपहार योजनाअन्र्तगत लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी–सर्ट, र किरिङ उपहारस्वरुप जित्न सक्नेछन् ।
त्यस्तै साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाइल र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ ।
कम्पनीका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर सन्देश कटवालले उपहार योजनाको अन्त्यमा एकजना विजेताले बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आरएक्सएल कार जित्न सक्ने छ । उनले दैनिक, साप्ताहिक र मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिए ।
उक्त उत्सव एक्सप्रेस अफर भदौ १८ गतेदेखि मंसिर १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।
उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्धारा गरिने प्रबन्ध निर्देशक टण्डनले जानकारी दिए । विगत ११ वर्षदेखि विप्रेषण व्यवसायमा क्रियाशील सिटी एक्सप्रेस मनी ट्रान्सफरले विभिन्न धार्मिक, साँस्कृतिक तथा सामाजिक क्रियाकलापमा सहयोग प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: