
काठमाडौँ – राप्रपा विभाजिन गरी नयाँ पार्टी दर्ता गरेका पशुपति शम्शेर राणा चार मन्त्री माग्दै बालुवाटार पुगेका छन् । निर्वाचन आयोगमा दल दर्ता भएलगतै राणा मन्त्री माग्दै बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई तीन मन्त्रालय दिने बचन दिएका छन् । तर राणाले आफुलाई जसरी पनि चार मन्त्रालय दिन माग गर्दै देउवासँग अड्डी कसेको स्रोतले बतायो । मंगलबार प्रधानमन्त्री देउवालाई भेटेका राणाले चार मन्त्रलाय दिन मरिहत्ते गरेका गरेका थिए ।
तर देउवाले तीन मन्त्रालय मात्र बाँकी भएकोले राज्यमन्त्री थपिदिने बचन दिएको स्रोतले इमान्दार मिडियालाई बतायो । विहीबार राणाले प्रधानमन्त्री देउवालाई तीन क्याविनेट मन्त्री र चार राज्यमन्त्रीको सुचि दिने बुझाउने भएका छन् ।
प्रधानमन्त्रीलाई भेटेपछि मंगलवार साँझ नै उनले राप्रपा प्रजातान्त्रिकको अनौपचारिक छलफल आफ्नै निवासमा गरेका थिए । राणा निवास विजयबासमा भएको अनौपचारिक बैठकले तीन मन्त्री र चार राज्यमन्त्रीको नाम टुंगा लगाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्