×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोक्लाम विवाद अन्त्यतिर, भारतले दियो यस्तो संकेत

PRIME CA

दोक्लाम विवाद अन्त्यतिर, भारतले दियो यस्तो संकेत

१२ भाद्र २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ  – भारतले चीन र भुटानको सीमानाको दोक्लाममा जारी विवाद अन्त्यतिर उन्मुख भएको बताएको छ । भारतीय विदेश मन्त्रालयले सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

दोक्लाममा भएको घटनालाई लिएर पछिल्ला साताहरुमा भारत र चीनले कूटनीतिक संवादलाई कायम राखेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ती संवादहरुमा हामीले हाम्रा बिचार व्यक्त गरेका छौं । र, हाम्रो चासो र स्वार्थ पनि सम्प्रेषित गरेका छौं ।’

दुईबुँदे विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ, ‘कूटनीतिक संवादहरुमा दोक्लामस्थित तनावपूर्ण क्षेत्रमा रहेको सीमावर्ती सैनिक गतिविधिबाट द्रुततर रुपमा छुटकारा पाउनेबारे चीनसँग समझदारी कायम भएको छ । र, उक्त विषयलाई लिएर थप संवादहरु जारी छन् ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: