×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोदीलाई खुसी पार्न भारतमा देउवाले यतिसम्म गरे !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मोदीलाई खुसी पार्न भारतमा देउवाले यतिसम्म गरे !

९ भाद्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ दिल्ली – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई अब संघको निर्वाचनपछि मात्र संविधान संशोधन हुन सक्ने बताएका छन् ।

लोकतान्त्रिक गठबन्धन पक्षधरको दुईतिहाइ पुगे मात्रै संशोधन सम्भव हुने उनको भनाइ छ । बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा सीमित अधिकारीसहितको बैठक र प्रतिनिधिमण्डलस्तरीय बैठकमा देउवाले यस्तो बताएका हुन् ।

मोदीले देउवाको धारणामा सहमति जनाउँदै त्यसमा भारतको सहयोग रहने वचन दिएका छन् ।

बोल्दाबोल्दै चिप्लिए देउवा

औपचारिक भेटवार्तापछिको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले लिखित भाषणमा नभएको दुई विषय उल्लेख गरे । पहिलो, भारतविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने । दोस्रो, दुईतिहाइ पुगेपछि संविधान संशोधन गर्ने । स्रोतका अनुसार यी दुवै विषय देउवाको लिखित भाषणमा उल्लेख थिएन ।

देउवाले संविधान संशोधनमार्फत पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैले आत्मसात् गर्ने वातावरण बनाउने बताए । जबकि यो विषय लिखित भाषणमा उल्लेख थिएन । ‘यो विषय लिखित भाषणमा थिएन, तर प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई आश्वस्त पार्न भन्नुभयो,’ एक सरकारी अधिकारीले नयाँ पत्रिकासँग भने ।

सुरुमा प्रधानमन्त्रीपत्नी आरजु देउवाले तयार गरेको प्रारम्भिक मस्यौदालाई परराष्ट्रका अधिकारीले अन्तिम रूप दिएका थिए । मोदीले सबै पक्षलाई साथमा लिएर जाने सरकारको प्रयासको प्रसंग निकालेपछि देउवाले मौखिक रूपमा जवाफ दिएका थिए ।

नेपाल–भारत सम्बन्धका जानकार तथा काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा। उद्धव प्याकुेलले मोदी र देउवा दुवैको धारणा समय–सान्दर्भिक नरहेको प्रतिक्रिया दिए ।

‘भारतमै अल्पसंख्यकहरूलाई बहिष्करण गरेको आरोप खेपिरहेका मोदीले नेपालमा सबैलाई लिएर अघि बढ्नेजस्ता विषय उल्लेख गर्नु सान्दर्भिक थिएन,’ नयाँदिल्लीमा रहेका प्याकुरेलले भने, ‘देउवाले पनि मोदीसँग त्यो विषय उठाउनु जरुरी थिएन । उहाँले बोल्नुनपर्ने विषय बोलेर आफ्नो उचाइ घटाउनुभयो । यो स्वाभाविक विषय भएन ।’ – नयाँ पत्रिकाबाट

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी