
केहि समय अगाडी मात्र आएको बाढी पहिरोबाट आजित तथा पिडितको सहयोगार्थ “सहयोगका लागि संगीत” भन्ने मूल नाराका साथ आगामी भाद्र १० गते शनिबार काठमाडौंको दरबारमार्ग स्थित क्लब डेजा भू मा एक सांगीतिक कार्यकमको आयोजना हुने भएको छ । राइजिङ्ग नेपाल प्रा. लि. र रोटरी क्लब अफ बानेश्वरको आयोजना तथा नेपाल आइडलका प्रतिस्पर्धीहरु र क्लब डेजाभूको सहकार्यमा आयोजित उक्त्त सांगीतिक कार्यक्रममा लोक सम्राट कुमार बस्नेत, ठमेल बजार, काले दाइ लगाएत अन्य थुप्रै चर्चित गीतकी गायिका मीना पोख्रेलको समेत प्रस्तुति रहेने छ ।
दिउसो ३:०० बजेदेखि साँझ ७ बजेसम्म हुने यस कार्यक्रममा नेपाल आइडलका गायकरगायिका सन्ध्या जोशी, उल्सन श्रेष्ठ, राहुल विश्वास , केन्जल मेहर श्रेष्ठ, कल्याण महर्षी सापकोटा, सुरज तामाङ र सुरज थापाको बेजोड प्रस्तुति रहने छ। मिकु एण्ड ब्याण्डले पनि आफ्नो प्रस्तुतिहरु प्रस्तुत गर्नेछन् ।
उक्त कार्यक्रममा सहभागीहुनको लागि रु ५००र( बिधार्थीहरुका लागि र अन्यका लागि रु १०००र( सहयोग गरी कार्यक्रममा सहभागी बन्न सक्नुहुनेछ । साथै कार्यक्रमबाट उठेको रकम रोटरी क्लब बानेश्वर, राइजिङ्ग नेपाल प्रा।लि।, क्लब डेजा भू र कलाकारको रोहबरमा बाढी र पहिरो पीडितलाई प्रदान गरिने कुरा आयोजक संस्थाका प्रतिनिधि गुना कोइराला र पशुपति केशीले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्