×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साढे ३३ किलो सुन तस्करी काण्डका मुख्य नाइके गिरफ्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साढे ३३ किलो सुन तस्करी काण्डका मुख्य नाइके गिरफ्तार

५ भाद्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गत पुस तेस्रो साता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैबाट समातिएको साढे ३३ किलो अवैध सुन तस्करी काण्डका नाइके युएईबाट पक्राउ परेका छन् । 
नेपाल प्रहरीले युएई प्रहरीको सहयोगमा तस्करीका नाइके राजन प्रसाद पन्तलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याइएको र सीआईबीको जिम्मा लगाउने तयारी भइरहेको एसपी मीरा चौधरीले जानकारी दिइन् । 
पन्थले दुवईमा बसेर सुन तस्करी गर्दै आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को दाबी छ । सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो बढी सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी