
काठमाडौँ- ग्राहकको नागरिकता दुरुपयोग गरेको आरोपपछी एकाएक विवादमा आएको सेन्चुरी बैंकले ग्राहकको विस्वास गुमाईरहेका बेला बाजुराको मार्तडीमा साखा खोलेको छ । यसअघि बैंकिङ प्रयोजनका लागि बैंकलाई दिएको आफ्नो नागरिकता दुरुपयोग भएको भन्दै बैंकविरुद्ध एक ग्राहकले कारवाहीका लागि उजुरी दिएका थिए । उक्त उजुरी अहिले राष्ट्र बैंक पुगेको बुझिएको छ ।
सेञ्चुरी कमर्सियल बैंकले देशको सुदुरपश्चिम भागका ग्राहकहरुमा आफ्नो सेवा बिस्तार गर्ने लक्ष्यका साथ बाजुराको मार्तडीमा एटीएम सुविधासहितको शाखा कार्यालय आइतबारदेखि संचालनमा ल्याएको छ । सबै संस्थाको प्राप्ति, हकप्रद तथा चालु आ.व.को मुनाफाबाट सेञ्चुरी बैंकले तोकिएको रु. ८ अर्ब पुँजी पुर्याउने योजना बनाएको छ । एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० वटा हुनेछन् ।
अन्य हिसावले निकै राम्रो रहेको बैंक, आफ्नै कर्मचारीको गलत कामका कारण बदनाम भइरहेको छ । सेन्चुरी बैंकमा खाता खोल्दा आफ्नो नागरिकता दुरुपयोग हुने कुरामा भने सचेत हुनुपर्ने देखिएको छ । कानुन: त नागरिकता लगायत निकै नै संवेदनशील कागजातहरु सम्बन्धित प्रयोजनका लागि भन्दा बाहेक प्रयोग गर्न पाइदैन । यसअघि बैंकका कर्मचारीले आफ्ना ग्राहकको नागरिकता अरुलाई पठाएका थिए भने नागरिकता हराएको भन्दै अर्को फोटो कपि ल्याउन भनेका थिए । पछी अर्थ सरोकार डटकमले यस विषयमा समाचार लेखेपछि उक्त नागरिकताको कपि भेटिएको थियो ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्