
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको व्यवसाय (कारोवार) आरम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवीचापागाँईले काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उक्त कम्पनीको कारोबार आरम्भ गरेका हुन् । यस कम्पनीले बीमा समितिबाट गत असार २० गते संचालन गर्न अनुमति प्राप्त गरेको थियो । अनुमति पाएको छोटो समयमै यस लाइफ इस्योरेन्सले कारोवार शुभारम्भ गरेको हो । कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लो तल्लामा कार्यालय सञ्चालनमा आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपकका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई वर्षभित्र यस कम्पनीलेलाई नेपालको अग्रणी जीवन बीमा कम्पनी बनाउने घोषणा गरेका छन् । उनले आईएमई ग्रुपको ६ हजार भन्दा बढी नेटवर्क र गुडवीलको धरातलमा उच्च स्तरको प्रगति हासिल गर्न सक्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिषंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, आइएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल बीमक संघका कार्यवाहक अध्यक्ष दिपप्रकाश पाण्डेले कारोवार आभारम्भको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यद्यपी इन्स्योरेन्स व्यापारमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता संघले भने मौन रुपमै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको कार्यक्रम बहिस्कार गरेको छ । संस्थागत रुपमा निर्णय नभएपनि उक्त कार्यक्रममा अभिकर्ता संघका तर्फबाट उपस्थिति नै भएन । हामीलाई निम्तो नै नदिएको भन्ने बुझेको छु । आइएमई ग्रुपको चुरीफुरी अलि बढी नै छ । हेरौं यो चुरीफुरी कति दिन टिक्ने हो ।’ अभिकर्ता संघका एक सदस्यले अर्थ सरोकार डटकमसँग भने । यद्यपी संघले औपचारिक रुपमा यसबारे केहि बोलेको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्