
अहिलेकै अवस्थामा उपत्यकाका स्थानीय तह आन्तरिक स्रोतबाट मात्र चल्न नसक्ने देखिएको छ ।
उपत्यकाका सबैजसो स्थानीय तहले केन्द्रबाट ठूलो अनुदान पाइरहेकाले अहिलेकै अवस्थामा उनीहरुको खर्च आन्तरिक स्रोतले नधान्ने देखिएको खबर आजको नागरिकमा छ ।
उपत्यकाका अधिकांश स्थानीय तहको बजेटमा ५० प्रतिशत भन्दा बढी केन्द्रीय अनुदान हुने गरेको छ । केही स्थानीय तहमा त आन्तरिक आम्दानीभन्दा केन्द्रीय अनुदान बढी आउने गरेको छ ।
नगरपालिकाको बजेटमा केन्द्रीय अनुदान
काठमाडौं महानगरपालिका
बजेट : ३ अर्ब ८ करोड
केन्द्रीय अनुदान : १ अर्ब २४ करोड
ललितपुर महानगरपालिका
बजेट : १ अर्ब २१ करोड
केन्द्रीय अनुदान : ७३ करोड २५ लाख
गोदावरी नगरपालिका
बजेट : ५७ करोड ७२ लाख
केन्द्रीय अनुदान : ९ करोड ७ लाख
(चालू आवको लक्ष्य)
बुढानिलकण्ठ नगरपालिका
बजेट : ३० करोड ७१ लाख
केन्द्रीय अनुदान : १६ करोड ११ लाख
कागेश्वरी मनोहरा नगरपालिका
बजेट : २७ करोड ९४ लाख
केन्द्रीय अनुदान : ९ करोड ६० लाख
तारकेश्वर नगरपालिका
बजेट : २४ करोड २७ लाख
केन्द्रीय अनुदान : १४ करोड ३२ लाख
नागार्जुन नगरपालिका
बजेट : २१ करोड
केन्द्रीय अनुदान : ९ करोड
शंखरापुर नगरपालिका
बजेट : ११ करोड
केन्द्रीय अनुदान : ३ करोड
महालक्ष्मी नगरपालिका
बजेट : ४० करोड
केन्द्रीय अनुदान : ३० करोड
(चालू आवको लक्ष्य)
कीर्तिपुर नगरपालिका
बजेट : २८ करोड ५७ लाख
केन्द्रीय अनुदान : २० करोड ३५ लाख
टोखा नगरपालिका
बजेट : २५ करोड
केन्द्रीय : अनुदान १४ करोड
गोकर्णेश्वर नगरपालिका
बजेट : २२ करोड
केन्द्रीय अनुदान : ८ करोड
चन्द्रागिरी नगरपालिका
बजेट : १५ करोड ७५ लाख
केन्द्रीय अनुदान : ७ करोड
दक्षीणकाली नगरपालिका
बजेट : ४ करोड ८० लाख
केन्द्रीय : अनुदान ४ करोड
स्थानीय तहको आम्दानी स्रोत :
घरजग्गा कर, घरबहाल कर, नक्सापास दस्तुर, व्यवसायी कर, पर्यटन शुल्क, वातावरण शुल्कलगायत
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्