×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको पपुलर हुने चाल, गृहमन्त्रालयले दिएको राहात पार्टीका तर्फबाट भन्दै बाडे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रचण्डको पपुलर हुने चाल, गृहमन्त्रालयले दिएको राहात पार्टीका तर्फबाट भन्दै बाडे

१ भाद्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं – प्रचण्ड नेपालको राजनीतिमा निकै चालबाजी नेता हुन् । यो सबैलाई थाहा भएकै कुरा हो । उनले आफ्नो दुनो सोझ्याउन आफ्नै सत्ता बिना सर्त विघटन गर्ने देखी आफ्नै सेनालाई बिलोपिकरण गर्ने सम्मका चालबाजी गर्दा उनका आफ्नै पार्टीका बरिष्ठ भन्नेहरुले सुइँको समेत पाएनन्।
उनि सत्ताको खेलमा चालबाजी गर्न पनि खप्पिस भइसकेका छन्। एमालेसंग मिलेर कांग्रेसलाई बाहिर राख्दै सत्ता समीकरणमा पनि प्रचण्ड सफल हुन्छन् भने कांग्रेससंग सम्झौता गरी एमालेलाई बाहिर राख्दै आफु नै सत्ताको बागडोर समाल्न पनि उनै सफल हुने गरेका छन्। 
युद्दबाट शक्ति आर्जन गरेर सत्ताको धुरीसम्म पुगेका प्रचण्डले अन्ततः आफुलाई धुरीसम्म पुर्याउन ज्यानको बाजी थापेर लड्ने उनका तिनै हजारौहजार कार्यकर्ता र तिनका लाखौलाख आफन्तको सपनाको हत्या गरेर आफु जहिले पनि शक्ति केन्द्रको प्यारो बन्न सफल भए त्यो पनि उनको चालबाजीको कमाल हो ।
प्रचण्ड यतिसम्म नाटककार छन् की यिनी अरुको दुखमा रोएको झैँ गर्छन र आसु खसाली हाल्छन् भने पिठ्यूँपछाडी तिनै दुखी कार्यकर्ताबारे बेखबर बन्छन् । यिनको पार्टी फुटेर टुक्राटुक्रा हुनुमा अरु कसैको नभएर यिनको आफ्नै नाटककार चरित्रको हात छ ।
बैठकमा कार्यकर्ताले समस्याको चाङ्ग ठड्याउदा हवस् सबै कुराको समाधान गरिन्छ भन्ने प्रचण्ड भोलिपल्टै फेरिएर समस्याबाट पन्छिने गर्छन् । त्यही बानीका कारण उनि बाहिर जती चालबाजी नेताका रुपमा चिनिएपनी उनका निम्ति लड्ने हजारौ हाजार घाइते कार्यकर्ताले शरीरमा भएका युद्दकालका गोली अहिले पनि ननिकाल्न सकेका छैनन् ।
शक्तिका अगाडी लम्पसार पर्ने र कमजोरलाई दाससरह नै व्यवहार गर्ने प्रचण्ड प्रबृदीका कारण उनको उनको छबी बिस्तारै धमिलिदै गएको छ । हुँदाहुँदा यिनले अहिलेको प्राकृतिक बिपत्तीबाट पीडित भएका बाढीपहिरो पीडितलाई दिइने राहातमा समेत पपुलर हुने चाल चाल्न सुरु गरेका छन् । जुन कुरा बिस्तारै बाहिर आउदै छ र उनि नांगिदै छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सरकारी राहत पार्टीका नामबाट बाढी पीडितलाई हस्तान्तरण गरेपछि उनको पलुलर हुने चालबाजीको प्रदाफास भएको हो । बुधबार दिउँसो प्रचण्ड गृहमन्त्री जनार्दन शर्मा, आपुर्तिमन्त्री शिवकुमार मण्डलसहित सरकारी राहत लिएर सप्तरी पुगे ।
सप्तरी पुगेका दाहालले ३ सय बाढी पीडितलाई राहत हस्तान्तरण गरे । सप्तरीको हनुमान नगरको इनरुवास्थित मुसहरटोलका १०० बाढी पीडतललाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नून लगायतका खाद्यान्न सामग्री पार्टीका नामबाट हस्तान्तरण गरे । तर राहत सामग्री गृहमन्त्रालयले पुर्याएको थियो ।
त्यसपछि हेलिकप्टरमा राजविराज पुगेका थिए । राजबिराज नगरपालिका वडा नं १५ मा २०० बाढी पीडित परिवारलाई राहत सामग्री बितरण गरे । 
राहत वितरण गर्दा उनले भने ‘हाम्रो पार्टीले बाढी प्रभावित सबै जिल्लामा उद्दार, राहत र पूनर्बासका लागि काम गरिरहेको छ, यो राहत पनि पार्टीबाट हामीले उपलब्ध गराएका छौ ।’ दाहालले पार्टीका नामबाट हस्तान्तरण गरेको राहत गृहमन्त्रालयबाट गएको थियो ।
‘तपाईहरुको दुखमा साथ दिन म आएको हुँ । सरकार र पार्टीको तर्फबाट बाढी पीडितलाई राहतको व्यवस्था गरिनेछ । मृतकका परिवारलाई २ लाख क्षतिपूर्ति र क्षतिग्रस्त संरचनाहरुको पूनर्निर्माणमा हाम्रो तर्फबाट पुरै कोशिस हुनेछ’, प्रचण्डले भने ‘२ वर्षअघि पहाडमा बिनासकारी भूकम्प आयो, तपाईहरुले दिल खोलेर सहयोग गर्नुभयो।
समय र परिस्थिति अनुसार कुरामा मिलाउन माहिर प्रचण्डले बाढीपीडितको मन जित्न भने- अहिले मधेशमा बिपत्ति आएको छ, पहाड पनि त्यसरी नै तपाईहरुलाई दिल खोलेर सहयोग गर्छ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘आफ्नो पार्टीले बाढी प्रभावित सबै जिल्लामा उद्दार, राहत र पूनर्बासका लागि काम गरिरहेको जानकारी दिए ।
प्रचण्डको सरकारी राहात पार्टीको तर्फबाट भन्दै वितरण गरेपछि उनका समर्थक शुभचिन्तकहरुले सामाजिक सञ्जालमा प्रचण्डले पार्टीका नामबाट राहात वितरण गरेको, जननेता जनताको बिचमा, यस्तै यस्तै स्टाटस पोस्ट गरेर निकै प्रचारबाजी पनि गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी