×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेले ध्यानाकर्षण गराउनको निम्ति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमालेले ध्यानाकर्षण गराउनको निम्ति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै

३२ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौँ  – बाढी पहिरो र डुबानले तराइ मधेश लगायत बिभिन्न क्षेत्रमा धनजनको व्यापक विनाश भइरहेको छ । बुधबार दिउसो ३:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाएको छ  । प्रतिपक्षी दल नेकपा एमालेले पीडितहरुलाई तत्काल राहत तथा पुनर्स्थापना गर्ने पहलतर्फ सरकार चनाखो नभएको भन्दै ध्यानाकर्षण गराउनको निम्ति प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त एक ज्ञापनपत्र बुझाएको हो ।

स्थानीय बाढीपीडितहरुको राहत,उद्दार र पुनर्व्यवस्थापनमा सरकारको थप ध्यानाकर्षण गराउनका निमित्त एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाइ भेटेरै ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो । गत शुक्रबारदेखि ३ दिनसम्म परेको अविरल वर्षाले तराई लगायतका क्षेत्रमा आएको डुबान,बाढी पहिरोले हालसम्म १३० जनाभन्दा बढीको मृत्यु भईसकेको छ  भने दर्जनौं अझै बेपत्ता रहेका छन् । पिडितलाई समयमा नै राहत होस् भनि आफुले सो निर्णय लिएको बताएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी