×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेता शक्तिबहादुर बस्नेतको बाढी पीडितको नाममा सस्तो लोकप्रियता बन्द गर्न सत्ता पक्षलाई चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेता शक्तिबहादुर बस्नेतको बाढी पीडितको नाममा सस्तो लोकप्रियता बन्द गर्न सत्ता पक्षलाई चेतावनी

३२ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  –  बाढी पिडित तराईमा भीभीआईपीको आउने जाने क्रम भइरहेको छ । यस्तै तराईमा जाने आउने क्रम  भइरहेको बिषयमा बुधवार व्यवस्थापिका संसदमा माओवादी केन्द्रका नेता एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले बाढी पीडितको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । संसदमा बोल्दै बस्नेतले बाढी पीडितको उद्धारको विषयलाई राष्ट्रको समस्याको रुपमा हेर्न आग्रह गर्दै यसलाई समाधन गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

राहत वितरणमा प्रतिपक्ष र सत्तापक्ष भनेर सस्तो लोकप्रियताको लागी होडबाजी गर्ने काम तत्काललाई बन्द गरौ । यो राष्ट्रिय समस्यालाई सबैले मिलेर हल गर्ने कोशिस गरौ र तराईमा भीभीआईपीको मुभमेण्ट बढी हुँदा जिल्लाका सरकारी संयन्त्र उनीहरुको व्यवस्थापनमा लाग्नुपर्ने समस्या देखिएको छ । पिडितहरुलाई अहिले राहत लगायत सुर‍‍‌‌क्षाको खाचो भएकोले  भीभीआईपीको मुभमेण्ट भैरहदा बढी ध्यान उहाहरु तिर नै भएकाले  केही समय भीभीआईपीको मुभमेण्ट कम गर्नुपर्ने बताएका छन् ।
बाढी प्रभावित क्षेत्रमा भिभिआईपीको मुभमेण्ट बढी हुँदा जिल्लास्थित सुरक्षा समिति व्यवस्थापनमा लाग्नुपर्ने समस्या हुन्छ त्यसैले पछिल्ला समयमा भिआइपीहरु तराईमा जान कम गरी राहत दिनमा समय खर्च गरे अझ राम्रो हुने समेत माओवादी केन्द्रका नेता बस्नेतले आग्रह गरेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी