×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ शक्तिबाट रामचन्द्र झा र रामकुमार शर्मालाई निष्काशित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नयाँ शक्तिबाट रामचन्द्र झा र रामकुमार शर्मालाई निष्काशित

३२ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सुरुमा नेकपा एमालेमा आबद्द रहेका रामचन्द्र झा र रामकुमार शर्मा माओवादी केन्द्र हुँदै नयाँ शक्ति केन्द्रमा आबद्द थिए । नयाँ शक्ति पार्टी नेपालको झा र शर्मा पार्टीको सदस्यतामा रहदै थिए । नयाँ शक्ति पार्टी नेपालले रामचन्द्र झा र रामकुमार शर्मालाई पार्टीको सदस्यताबाट निष्काशित गरेपछि अहिले फेरी उनीहरु दुवै नयाँ शक्ति छोडेर माओवादी केन्द्र तिरै फर्किदै छन् । 
नयाँ शक्तिले साउन २७ गते  पार्टी छोड्ने अभीव्यक्ति दिएको विषयमा झा र शर्मासंग स्पष्टिकरण मागेको थियो तर उनीहरुले केहि जवाफ दिएका थिएनन् । झा र शर्माले  स्पष्टिकरण नबुझाएपछि नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले दुबैलाई फोन गरी पार्टीमा रहने वा नरहने विषयमा स्पष्ट पार्न आग्रह गरेका थिए । झाले 
जवाफमा  पार्टी छाड्ने निर्णय गरिसकेको जानकारी  गराएका थिए ।
नयाँ शक्तिले झा र शर्मा दुबैलाई पार्टी विरोधी गतिविधि सन्चालन गरेको र समयमा स्पष्टीकरण नबुझाएको भन्दै दुबैलाई संघीय परिषद् सदस्य सहित सबै जिम्मेवारीबाट हटाइएको जनाएको छ । नयाँ शक्ति पार्टी नेपालले रामचन्द्र झा र रामकुमार शर्मालाई पार्टीको सदस्यताबाट पनि निष्काशित गरेको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी