×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वरानी कोमलको शरीरबाट गोली निकाल्ने प्रयास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पूर्वरानी कोमलको शरीरबाट गोली निकाल्ने प्रयास

Artha Sarokar

३२ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  –  नेपालको राजधानीको धुलो धुवा र राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि बिग्रिदै गरेपछि अब पूर्वराजाको परिवारले वैकल्पिक बसोबासको रुपमा थाइल्याण्ड रोजेको छ । एक महिना अघि हिमानी शाह थाइल्याण्ड गएकी थिइन् । शाह भदौ २ गते शुक्रबार थाइ एयरको उडानबाट नेपाल फर्कंदैछिन् । यही मौकामा दरबार हत्याकाण्डमा परेकी पूर्वरानी कोमलको शरीरबाट गोली निकाल्ने प्रयास पनि हुँदै गरेको स्रोतले जनाएको छ ।
पूर्वरानी कोमलको मोटाइसँगै मधुमेह र रक्तचाप बढेका कारण तत्काल गोली निकाल्न नमिल्ने, तर अझै केही वर्ष गोली भित्रै रहँदा त्यो क्रमशः क्यान्सर बनेर शरीर गाल्ने खतरा देखिएको छ । अहिले तौल घटेको छ, तर मधुमेहको आक्रमणसँगै रक्तचाप स्थिर हुन नसक्दा समस्या आइरहेको हो ।
कोमल यहाँका महत्वपूर्ण कामहरु सकेर पुन ११ गते थाइल्याण्ड जाने उनको योजना रहेको छ । उता थाइल्याण्डमा पूर्वराजा ज्ञानेन्द्र शाहको विस्तृत स्वास्थ्य परीक्षण चलिरहेको निर्मल निवास स्रोतले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी