×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री देउवाको २४ घण्टे सक्रियताले सुखद परिणाम ल्यायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री देउवाको २४ घण्टे सक्रियताले सुखद परिणाम ल्यायो

३२ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – डा.गोबिन्द केसीको अनसनको मागलाई मध्ये नजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको २४ घण्टे सक्रियतामा निस्किएका थिए । डा.केसीका मागलाई पुरा गर्न प्रधानमन्त्री देउवाले प्रत्यक्ष हात हाले र केसीलाई अनसन तोडन लगाएक छन्  । डा. गोविन्द केसी अनशन बसेको ४ दिनपछि सरकारी टोलीले बार्ता थाल्यो । अनशन बसेको २३ औ दिनमा १९ पटक वार्ता हुँदा पनि सरकारी आग्रहलाई केसीले मानेका थिएनन् । 

डा.केसीका मागलाई सम्वोधन प्रधानमन्त्री देउवाले एकैदिनमा  चार बैठकसम्म बसेका थिए । तर प्रधानमन्त्री शेरबहादुर देउवाको २४ घण्टे सक्रियतामा सुखद प्रतिफल निस्कियो । तीनपटक प्रमुख दलका नेताहरु राखेर उच्चस्तरीय बैठक गर्दा पनि केसीमा मागमा सहमति जुट्न सकेको थिएन तर देउवाले ठोस प्रस्तावसहित डा.केसी पक्षसँग सीधै सम्पर्क गरेका थिए ।
प्रधानमन्त्रीले डा. केसीका प्रमुख माग सम्बोधन हुनेगरी मंगलबार दिनभरमा चारवटा निर्णय गराएका थिए । डा.केसीको माग पूरा गर्ने प्रक्रियाका लागि कमिटी गठन गरेका छन् ।  प्रधानमन्त्रीको मनमोहन कलेज खरिद प्रक्रिया अघि बढाउने प्रस्तावप्रति डा. केसी सहमत भए र आफ्नो २३ औ दिनको अनशन तोडेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी