×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२३ दिन अनसन बसेका डा.केसी भन्छन् – देशको ठूलो जनधन क्षति कारण केहि समय अनसन स्थगित गरे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२३ दिन अनसन बसेका डा.केसी भन्छन् – देशको ठूलो जनधन क्षति कारण केहि समय अनसन स्थगित गरे

३२ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – मंगलबार साँझ शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरियो । उक्त पत्रकार सम्मेलनमा डा.गोबिन्द केसीले आफूले अनशन तोडेको नभई केही समयका लागि स्थगित गरेको  बताएका छन् । कसैले डरायो अनि  अनशन तोड्यो भनेर नसोचे हुन्छ म अविरल वर्षाबाट तराई लगायत देशका अन्य भूभागमा ठूलो जनधनको क्षति भएको समयमा मैले अनशनलाई निरन्तरता दिन उचित ठानिनँ तर आफू नागरिकले सहज स्वास्थ्य शिक्षा सेवा नपाएसम्म मेरो अनशन जारी रहन्छ – डा.केसीले बताए ।

बाढी पिडितको अवस्था सामान्य भएपछि आफू पुन अनसनमा बस्ने बताएका छन्  । २३ दिन अनसन बसेका डा.केसीको स्वास्थ्य बिग्रीएको कारण मंगलबार  साँझ आइसियुमा भर्ना गरिएको छ । उनी अनसन बस्नुको कारण जनता र विद्यार्थीमुखी ऐन ल्याएरै छाड्ने र निजी मेडिकल कलेज किन्न  लागि आवश्यक मापदण्ड बनाउन समितिले  गर्नु पर्ने रहेको छ । मनमोहन मेडिकल कलेजसहित निजी मेडिकल कलेज खरिद गर्न सरकारले मुख्य सचिवको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले निजी मेडिकल कलेज खरिदको लागि आवश्यक मापदण्ड बनाउन समिति गठन गरेको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै समितिमा स्वास्थ्य सचिव, शिक्षा सचिव, अर्थसचिव र सार्वजनिक खरिद कार्यालयका सचिवहरुको समिति बनाईएको छ । त्यस्तै  माफियाहरुलाई परास्त पार्दै जनता र विद्यार्थीमुखि ऐन ल्याएर छाड्ने स्पष्ट पारेका छन् । जनताले तिरेको करबाट सभासदहरुले तलब भत्ता खाएका छन् तर जनताको स्वाथ्य र शिक्षाको विषयमा मौन छन् । यस्तो घृणित कार्यमा कार्य गरिरहेका सभासदहरुलाई ठिक ठाउमा ल्याउन आन्दोलन आवश्यक रहेको बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी