
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेप्सेको जीएम बन्ने दौडमा अहिले १३ जना आकांक्षी छन् । मनोज ज्ञवाली, हेमन्त बस्याल, नरेन्द्र कुमार अग्रवाल, चन्द्र सिंह सावद, प्रविण पण्डक (नेप्सेका कर्मचारी), प्रमोद राज शर्मा, भोला पाण्डे, सीताराम थपलिया (यसअघिका महाप्रबन्धक), सरोज टन्डन, तारानाथ भट्टराइ, सुशील कुमार अर्याल, श्री प्रसाद पौडेल, र निरज्न्य फुयाँल (नेप्सेका कर्मचारी) गरी कुल १३ जना नेप्सेको जीएम बन्ने दौडमा छन् ।
यी मध्ये अहिले सबैभन्दा बढी चर्चामा आएका व्यक्ति हुन् सीताराम थपलिया । यसअघिको कार्यकालमा पनि नेप्सेको महाप्रबन्धक बनेका र धेरैको आँखाको तारो बनेका थपलिया फेरी पनि नेप्सेको महाप्रबन्धक हुने हुन् कि भन्ने ‘डर’ मा रहेका लगानीकर्ताको ठूलो जमात छ भने यसअघि आफु नदोहोरिने भन्ने अभिव्यक्ति दिएका उनी पुन: किन दोहोरिए भन्ने कुरा चर्चासँगै विभिन्न खाले तर्कहरु पनि बाहिर आउन थालेका छन् । उनी नेप्सेको महाप्रबन्धक पदमा दोहोरिन चाहेको मुख्य ३ कारण यस्ता छन् :
१. आइएमइ ग्रुपको उम्मेदवार भन्दै चन्द्र ढकालले काखी च्यापेपछि
आइएमइ ग्रुपले च्याप्नु नै सीताराम थपलिया नेप्सेमा दोहोरिन चाहेको मुख्य कारण हो । अहिले सीताराम थपलियालाई नेप्सेको महाप्रबन्धक बनाउन आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाल आफैं लविङमा लागेको स्रोतको दावी छ । आइएमइ ग्रुपका कतिपय व्यक्तिहरु मनोज ज्ञवालीको समर्थनमा भएपनि चन्द्र ढकाल आफैं सीताराम थपलियालाई नेप्सेको महाप्रबन्धक बनाउन राजनीतिक लविङमा लागेपछि थपलियाले पुन नेप्सेको हाकिम बन्न ‘इन्ट्रेष्ट’ देखाएका हुन् ।
२. अनलाइन प्रणालीको कामको हिसाव किताव बाँकी !
छिट्टै आउन लागेको भनिएको अनलाइन प्रणाली वाईको नामक कम्पनीलाई दिंदा राम्रै रकम ‘ओहोरदोहोर’ भएको भन्दै थपलियाविरुद्ध अख्तियारमा उजुरी समेत परिसकेको छ । तर उनले यो हिसाव किताव जसरी पनि मिलान गर्नु पर्ने भन्दै नेप्सेमा पुन: हाकिम बन्ने चाहना राखेका हुन् । झन्डै आधा मूल्यमा बन्ने सफ्टवेरलाई महँगोमा बनाउन लगाएर राम्रै रकम हात पारेको भन्ने चर्चा चल्नु, यहि आरोपमा उनी विरुद्ध अख्तियारमा उजुरी पर्नु र उनले पुन: नेप्सेको महाप्रबन्धक बन्ने इक्षा देखाउनुलाई संयोग मात्र मान्न नसकिने धेरैको तर्क छ । छोटोमा भन्दा उनी वाईकोसँग लिने-दिने भनिएको कमिसनको कुरालाई टुंग्याउनका लागि भनेपनि नेप्सेको महाप्रबन्धक बन्ने लाइनमा छन् ।
३. ब्रोकरहरुको समर्थन, मुख्य डर मनोज ज्ञवाली र शुशील कुमार अर्यालको !
सीताराम थपलिया नेप्सेको महाप्रबन्धक हुँदा सबै भन्दा बढी फाइदा ब्रोकरलाई भएको थियो । अव पुन: उनी नेप्सेको महाप्रबन्धक भए भनेपनि सबैभन्दा बढी फाइदा ब्रोकरहरुलाई नै हुने निश्चित छ । मनोज ज्ञवाली र शुशील कुमार अर्यालमध्ये कोहि नेप्सेको महाप्रबन्धक भए ब्रोकरहरुको मनपरी ठेगान लगाउने भन्ने ‘ब्रिफिङ’ थापलियाले ब्रोकर समक्ष गरेपछि ब्रोकर हरुले पुन: थपलियालाई उठ्न र आवश्यक खर्चवर्चको जोहोपनि आफुहरुले नै गरिदिने बाचा गरेको स्रोतको भनाइ छ ।
सम्पर्कमै आउन मान्दैनन् सीताराम थपलिया
यसबारे बुझ्न हामीले सीताराम थपलियालाई पटक पटक फोन गरेका थियौं । तर उनले हाम्रो फोनको ‘रेस्पोन्स’ नै गरेनन् । यसअघि पनि उनले बल्ल बल्ल एउटा एसएमएस गरेका थिए । एसएमएसमा उनले आफु नेप्सेमा नदोहोरिने बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्