×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाढी-पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ सय १५ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बाढी-पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ सय १५ पुग्यो

३१ श्रावण २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या १ सय १५ पुगेको गृह मन्त्रालयले पुष्टि भएको छ ।
त्यसैगरी बाढी पहिरोमा परि ४४ जना बेपत्ता भएका छन् भने विभिन्न जिल्लामा गरी २१ जना घाईते भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जनाएका छन् ।
त्यसैगरी करिव ३ हजार भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका छन् भने ५० हजार भन्दा बढी घर डुबानमा परेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी बाढी पहिरोमा परि ३ हजार ७ सय ७ वटा चौपाया बेपत्ता भएका छन् ।
प्रभावितका बारेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सबै जानकारी हुने हुँदा एकद्वार प्रणालीले राहत वितरण सुरु गरिएको सरकारले जनाएको छ । तर प्रभावितले भने यो प्रणालीले झन् सकस पारेको गुनासो गरेका छन् ।
बाढी र डुबानका कारण विस्थापित भएका धेरैजसोले चिउरा र भुजामा रात बिताएका छन् । बिरामी, बालबालिका र बुढाबुढीको जनजीवन थप कष्टकर बन्दै गएको छ । उनीहरुले तत्कार राहत र उद्धार तथा बासको व्यवस्था गर्न पनि माग गरेका छन् ।
सरकारले राहत र उद्धारको कामलाई तीब्र पारेको जनाए पनि टालटुले मात्र राहत पाएको प्रभावितले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी