×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राहतमै राजनीति, बाढी पीडितको आँसुमा मन्त्रीहरुको भागबन्डा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राहतमै राजनीति, बाढी पीडितको आँसुमा मन्त्रीहरुको भागबन्डा !

३० श्रावण २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रमुख दुई सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राहतमै राजनीति गर्ने भएका छन् । अविरल बर्षापछि आएको बाढी र पहिरोमा परी ७० जनाले ज्यान गुमाइसेका छन् भने ५० जनाभन्दा बढि बेपत्ता छन् । ४० हजारभन्दा बढि घरपरिवार विस्थापित भएका बेला सरकारका मन्त्रीहरुले भने राहतमा भागबन्डा गरेका छन् ।
बाढी पीडितलाई सरकारले एकद्धार प्रणालीबाट राहत वितरण गर्नुपर्ने हो । नेपाली कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुले छुट्टै र माओवादी केन्दबाट सरकारमा गएका मन्त्रीहरुले छुट्टै राहत लिएर जाने निर्णय गरेका छन् । माओवादी मन्त्रीहरुसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि जाने भएका छन् ।
बाढी पहिरोमा परी मृत्यु भएका परिवारजनलाई सरकारले २ लाख दिने घोषणा गरेको छ । दुई लाख रकम दिन कांग्रेस र माओवादी केन्द्रका मन्त्रीहरु भागबन्डा गरी जिल्ला पुग्ने भएका छन् । २६ जिल्लामा १० जिल्ला माओवादी केन्द्र र १६ जिल्लामा कांग्रेस मन्त्रीहरु पुग्ने भएका छन् । पीडितहरुलाई सरकारको एकद्धार प्रणालीबाट राहत प्रधान नगर्ने भएको छ ।
आइतवार गृहमन्त्री जनार्दन शर्मा ढुवान क्षेत्र हेर्न नेपालगन्ज पुगे । उनले त्यस आसपासका क्षेत्रको हवाइ अवलोकन पनि गरे । तर बाँकेसँगै रहेको बर्दिया चन्दनपुरका सयौ नागरिक ६० घण्टाभन्दा बढि समय बाढीमा फसेका छन् । उनीहरुको उद्धार गर्न गृहमन्त्रीले चासो दिएनन् ।
सोमवार प्रधानमन्त्री शेरबहादुर देउवा बारा, पर्सा, रौतहट जाने भएका छन् । तर उनी सवैभन्दा बढि प्रभावति मोरड भने पुग्नेछैनन् । उनीसँगै कांग्रेसमन्त्रीहरु पनि जाने कार्यक्रम तय गरिएको छ । अझै पनि सयौ नागरिक बाढीमा फेसका छन् । उनीहरुको उद्धार गर्नेतिर सरकारले कुनैपनि चासो दिएको छैन ।
बाढी पहिरोमा परेका नागरिकको उद्धार गर्न जति ढिलो सरकारले गरयो, त्यति नै ढिला बिस्थापितहरुलाई राहत दिनमा ढिला गरेको छ । सरकारले राहत दिन नसकेपछि विस्थापितहरु भोकभोकै बस्न बाध्य भएका छन् । –   एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी