×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाढी पीडितका लागि यस्तो सहयोग माग्यो ने.वि. संघले संयुक्त राष्ट्र संघसँग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बाढी पीडितका लागि यस्तो सहयोग माग्यो ने.वि. संघले संयुक्त राष्ट्र संघसँग

३० श्रावण २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  – नेपालमा पछिल्ला केही दिन देखिको अविरल बर्षाका कारण देशको तराई क्षेत्र डुवानमा परेको छ ।  हजारौं घरपरिवार विस्थापित हुनुका साथै उनीहरुलाई उचित व्यबस्थापनका लागि ठूलो रकम आवश्यक पर्ने भएको  छ । राष्ट संघको युवा सम्मेलनमा सहभागि हुन यति बेला अमेरिकाको न्यूयोर्कमा रहेको प्रतिनिधि मण्डलले राष्ट्र संघलाई सहयोगका लागि आग्रह गरेको हो । नेविसंघका अध्यक्ष नैनसिंह महरले सम्मेलनमा सहयोगका लागि प्रस्ताव गरेका छन् ।

नेपालमा बाढी र पहिरोमा परी ठूलो जनधनको क्षति भएको भन्दै सहयोगका लागि ने.वि. संघले संयुक्त राष्ट्र संघलाई आग्रह गरेको हो । हाम्रो देश भूकम्पको विनाशबाट तंग्रिन नपाउँदै अर्को ठूलो विपत्तिमा परेको छ, यतिबेला सिंगो देश पीडामा छ र जनता राहतको पर्खाईमा रहेको महरले बताएका छन् । अध्यक्ष महरले विश्वको जुनसुकै देशमा रहेपनि आफ्नो देशको पीडाले सबैलाई दुख्ने भन्दै एकजुट भएर बाढीपहिरो पीडितलाई सहयोग गर्न आग्रह गरेका हुन् । सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले एक हप्ता भित्र सहयोग जम्मा गरेर नेपाल पठाइने बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी