×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले दियो निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले दियो निर्देशन

३० श्रावण २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – भारतकी विदेशमन्त्री सुष्मा स्वराजसँग उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले टेलिफोन वार्ता गरेका छन् । वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराइन् ।

स्वरजले नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त पनि गरेकी थिइन् । उपप्रधानमन्त्रीका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछानेका अनुसार भारतका विदेशमन्त्री स्वराजले नेपालको यस विपद्को घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने पनि बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी