×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसदको खाजामा डा.भट्टराईलाई मरेको कुखुराको मासु, राज्यमन्त्रीलाई चाउमिनमा हरियो झिगा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सांसदको खाजामा डा.भट्टराईलाई मरेको कुखुराको मासु, राज्यमन्त्रीलाई चाउमिनमा हरियो झिगा

Artha Sarokar

२२ श्रावण २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  –  तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भएको समयमा संसद भवन बानेश्वरको हातामा रहेको चमेना गृहमा मासुभात खाएका थिए । त्यतिबेला उनलाई झाडा पखाला लगेर ओछयानमा नै सुत्नु परेको थियो कारण थियो, मरेका कुखुराको मासु । त्यतिबेला भट्टराईले चमेना गृहका संचालकलाई निकाली दिएका थिए । त्यस्तै केहि समयपछि फेरी सांसदको चमेना गृहमा लापरवाही देखिएको छ । 
सांसद एवं पूर्वकृषि राज्यमन्त्री राधिका तामाङ बैठक सकिएपछि उनलाई भोक लागेकाले चमेना गृहमा गइन् । आफू र सहयोगलाई चाउमिन अर्डर गरिन् । भोकले गर्दा उनीले केहि चम्चा चाउमिन खाइन् । चाउमिन केहि मात्र खाएकी तामाङले प्लेटमा हरियो झिंगा देखिन् र कर्मचारीलाई चमेना गृहका  सञ्चालकलाई बोलाउन अह्राइन् । चमेना गृहका कर्मचारीले साहुजीलाई बोलायो तर उनीआएनन् । त्यसपछि भिक भोकै तामाङले डेरा तिर लागिन् । उनीले भनिन् – देशका मान्यजन र देशका ठूलाबडा खाने ठाउँमा त लापरवाही छ भने बाहिरका अरु होटेल र  रेष्टुरेण्टको हालत त के होला भनि चिन्ता ब्यक्त  गरिन् । त्यसबारे आफूले सम्वद्ध निकायमा जानकारी गराएर कारबाहीका लागि दबाब दिने उनले जनाइन् ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी