
- अर्थ सरोकार सम्बाददाता
चितवन – भरतपुर महानगरपालिका प्रमुखमा एमाले उम्मेदवार देवी ज्ञवालीले विजयी रेणु दाहालको जितबारे कडा टिप्पणी गरेका छन् । शनिबार राति अबेर सार्वजनिक मतपरिणामअनुसार रेणु २ सय तीन मतले ज्ञवालीलाई पराजित गर्दै भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी थिइन् । निर्वाचन मतदान धोषणा पश्चात देवीले भने – रेणुलाई भेटियो भने बधाई त दिन्छु तर उम्मेवार बिजयीको होइन नाटकमा सफल भएकोमा बधाई दिन्छु । उनले रेणुले जित्नुअस्वीकार गरेका छन् जनताले आफुलाई रुचाएको तर राजनीति शक्ति र षडयन्त्रले मात्र उनी जितेको नत्र आफूले नै जित हात पर्ने तर्क व्यक्त गरेका छन् ।
तीन दशक राजनीतिमा समय बिताइसकेका ज्ञवालीले भने – रेणुले जितेकोमा म उनीलाई बधाई दिन्न किनकि उनीले जित्नु भनेको यौटा नाटकमा सफल भएकोमा चाहिँ बधाई दिईने बताउछन् । पहिले पनि राजनीतिमार्फत जनताको सेवा गर्थे र अब पनि बाचुञ्जेल सेवा गरिरहने छु । गत ३१ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा १४ जेठको राति माओवादी प्रतिनिधिले ९० वटा मतपत्र च्यातेका थिए । सर्वोच्च अदालतले पुनः निर्वाचन गराउने निर्वाचन आयोगको निर्णय स्वीकार गरेपछि भरतपुर १९ मा शुक्रबार पुनः निर्वाचन भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्