केहि समय यता टेस्टोनी नामक एप प्रयोग गरेर भविष्यबारे जानकारी भन्दै रमाइलो गर्नेहरुको संख्या धेरै छ । तर जानकारहरुले यस्तो एप प्रयोग गर्दा तपाईंको व्यक्तिगत विवरण चोरिन सक्ने बताएका छन् । यसैबीच युवा प्राविधिक प्रदिप अधिकारीले यस्ता एप प्रयोग गर्दा हुने हानीबारे भिडियो तयार गरेका छन् ।
उनका अनुसार यसरी यो एप प्रयोग गर्दा फेसबुकको पासवर्ड लगायतका विवरणहरु चोरिन सक्ने सम्भावना अधिक हुने गरेको छ । यस्ता एप प्रयोग गर्दा फेसबुकमा रहेका सुक्ष्म विवरणहरु पनि चोरिना सक्ने उनको दावी छ । यता गजेन्द्र बुढाथोकीले पनि यस्तै सुझाव दिएका छन् ।

यो एप प्रयोग गर्दा एपले प्रयोगकर्ताको इमेल, र अन्य विवरण समेत चोरिने जानकारहरुको भनाइ छ । क्षणिक मज्जाका लागि यो एप प्रयोग गर्दा गोपनियता चोरी हुने हुनाले सजग रहन जानकारहरुको भनाइ छ ।
टेस्टोनी एपबाट ‘तँ के कुरा सोच्दैछस्?’, ‘कति पैसा कमाउँछस्?’, ‘तेरो मृत्यु कहिले र कसरी हुन्छ?’, ‘तेरो असलियत के हो?’, ‘ठूलो भएर के हुन्छस्?’, लगायतका कुराहरु सेयर गरेर रमाउनेहरु अहिले धेरै छन् । पछिल्ला केहि दिन फेसबुकमा यो अझै धेरै भाइरल भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्