
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित वडा सदस्यले समेत मासिक पारिश्रमिक पाउने भएका छन् । मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले महंगो मोबाइल पनि नगरपालिकाबाटै किनाएका छन् ।
स्थानीय विकास मन्त्रालयले तत्काल निर्वाचित जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने परिपत्र गरे पनि नपाको प्रथम नगरसभाले आन्तरिक स्रोतबाट व्यवस्था गर्ने गरी वडा सदस्यलाई समेत मासिक पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो ।
उपप्रमुख अञ्जनादेवी मधिकर्मीले नगरकार्यपलिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई मासिक पारिश्रमिकको प्रस्ताव गरेकी थिइन् । उपप्रमुख मधिकर्मीले प्रमुखको ३५ हजार, उपप्रमुखको ३० हजार ५००,वडाध्यक्षको २५ हजार र कार्यपालिका सदस्यले मासिक १० हजार पारिश्रमिक दिने प्रस्ताव गरेकी थिइन् ।
बैठकले प्रस्ताव संशोधन गर्दै वडा सदस्यले समेत मासिक पाँच हजार पारिश्रमिक पाउने निर्णय गरेको छ।मध्यपुरथिमि नगरपालिका निर्वाचित सबै पदाधिकारीले पोशाक भत्ताबापत सात हजार ५०० दिने निर्णय गरेको छ । कार्यकारी अधिकृत समेतलाई मासिक १८ हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।
कार्यकारीलाई मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेपछि नगरसभामै कर्मचारीले असन्तुष्टि व्यक्त गरेका थिए ।कर्मचारीको समेत असन्तुष्टि सम्बोधन गर्दै कार्यसम्पादन मूल्याँकनका आधारमा वार्षिक एक महिना तलब बराबरको प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।
मध्यपुरथिमि नगरपालिकामा नौवटा वडा छन् । प्रमुख र उपप्रमुखसहित ४७ जना निर्वाचित हुनुपर्नेमा केही वडामा दलित महिला नभएका कारण ४२ जनामात्र निर्वाचित जनप्रतिनिधि छन् । साथै कार्यपालिकामा निर्वाचित दलित र अल्पसंख्यक समेत गरी हाल मध्यपुरथिमिमा ४५ जना निर्वाचित जनप्रतिनिधि छन् ।
नगरसभाको निर्णयअनुसार वार्षिक ७० लाखभन्दा बढी रकम निर्वाचित जनप्रतिनिधिको पारिश्रमिक र कार्यकारी अधिकृतको प्रोत्साहन भत्तामा खर्च हुने भएको छ ।
त्यसैगरी मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले ८५ हजार मूल्य पर्ने मोबाइल सुविधामा लिएका छन् । नपा स्रोतका अनुसार निर्वाचित प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेलगत्तै मोबाइल खरिद गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्