×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि मुग्लिङ-कुरिनटार क्षेत्रमा विद्युत् आपुर्ती नहुने

PRIME CA

आजदेखि मुग्लिङ-कुरिनटार क्षेत्रमा विद्युत् आपुर्ती नहुने

१५ श्रावण २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

चितवन –  चितवनको मुग्लिङ र कुरिनटार क्षेत्रमा तीन दिन विद्युत् आपुर्ती नहुने भएको छ । मध्यमस्याङदी-डुम्रे-दमौली १३२ केभी प्रशारण लाईन आयोजनाले एक विज्ञप्ती जारी गर्दै चितवनको मुग्लिङ, कुरिनटार क्षेत्र, तनहुँको आबुखैरहनी गाउँपालिकाको सम्पूर्ण स्थान, गोरखा जिल्लाको सदरमुकामलगायत आबुखैरहनी सवस्टेशनको गोरखा फिडरबाट प्रशारण हुने सम्पूर्ण क्षेत्रमा तीन दिन दिउँसोको समयमा विद्युत् आपुर्ती बन्द हुने जनाएको हो ।
आयोजनाका सहायक प्रशासकिय अधिकृत विष्णुराज लोहनीले मध्यमस्याङदीदेखि तल्लो मस्याङदीसम्म १३२ के.भी.प्रशारण लाईन दोस्रो सर्किट निर्माण कार्य अन्तिम अवस्थामा पुगेकोले दमौलीबाट प्रशारण भएको ३३ के.भी.प्रशारण लाईन डुम्रे सवस्टेशनबाट बन्द गरि मार्किचोक एरियामा कार्य गर्नुपर्ने भएकाले मुग्लिनलगायतका विभिन्न क्षेत्रमा आज साउन १५ गतेदेखि १८ गते सम्म विहान ९ बजेदेखि साँझ ५ बजेसम्म ती क्षेत्रमा विद्युत्  बन्द हुने जानकारी दिएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: