
काठमाडौं – राष्ट्रपति विद्या भण्डारी चढ्ने गाडी विग्रिएपछि नयाँ गाडीका लागि सरकारलाई भनेपनि १६ करोड पर्ने भनेर नमागेको खुलासा भएको छ । माओवादी र कांग्रेसले १६ करोडको गाडी भनेर हल्ला चलाएका हुन् । जसका कारण राष्ट्रपति भण्डारीको मान मर्दन हुनेगरी सामाजिक सञ्जालमा पनि टिप्पणी र विरोध भए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपतिले १६ करोडको गाडी चाहियो भनेर भनेकी छैनन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवले चढ्ने गरेको गाडी नै प्रयोग गर्ने गरेकी छन् । बाटोमा गाडी विग्रिने गरेका कारण अन्य गाडी मगाउनुपर्नेसम्मको बाध्यता भएपछि सरकारसँग गाडी मागिएको हो । भण्डारी चढ्न गाडीले पिकअप समेत लिँदैन ।
राष्ट्रपतिका प्रेस सल्लाहकार शर्माले जनताबाट आएको खबरदारीप्रति कुनै गुनासो नरहेको बताए । उनले भने, ‘नेपाली जनताले कुनै पनि चिजको दुरूपयोग नहोस्, भएको कुराको सदुपयोग होस् । कुनै पनि पदाधिकारीले बिलासिताका सामान प्रयोग नगरून् भन्ने जनआकांक्षा छ, त्यसमा कुनै गुनासो छैन ।’
प्रधानमन्त्री शेरबहादुर देउवा चढ्ने गाडीमा कुनै समस्या छैन । तर, राष्ट्राध्यक्ष चढ्ने गाडी ट्याक्टरजस्तो रहेका कारण सरकारलाई गाडीको आवश्यकताबारे राष्ट्रपति कार्यालयले जानकारी दिएको थियो । सरकारले गाडी किन्ने तयारी गरेका बेला सरकारमा सहभागी रहेका कांग्रेस र माओवादीका नेता र मन्त्रीले गलत हल्ला चलाएर राष्ट्रपतिको मानमर्दन गर्न खोजेका हुन् ।
यतिसम्मकी उनको गरिमालाई लिएर जननेता मदन भण्डारीको समेत बद्नाम गर्ने काम गरिएको छ । ‘सरकारले जस्तो दिन्छ, राष्ट्रप्रमूखले त्यसमा कुनै विमति गर्नुभएको छैन । समस्या आएपछि सरकारलाई नै जानकारी गराउने हो, त्यो गराइएको छ । तर, यस्तो बेफ्वाँक हल्ला किन चलाइएको हो ?’, राष्ट्रपतिनिकट स्रोतले सोध्यो,‘राष्ट्राध्यक्षलाई पार्टीगत रूपमा कार्यकर्ता तहबाट भएका गालीगलौजले देश कसरी सकारात्मक भावनामा हिँड्छ ?’
माओवादी केन्द्रका कतिपय जिम्मेबार नेताले राष्ट्रपतिको मान मर्दन हुनेगरी सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । कांग्रेस कार्यकर्ताले पनि सोही शैलीमा गरेका टिप्पणीप्रति भने सरकार र सत्तारुढ पार्टीले भने आँखा चिम्लिएका छन् । जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्