×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीहरुमाथि भकाभक एक्सन लिदै गृहमन्त्री, नायब उपरीक्षकसहित ५५ प्रहरी फेरी कार्वाहीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रहरीहरुमाथि भकाभक एक्सन लिदै गृहमन्त्री, नायब उपरीक्षकसहित ५५ प्रहरी फेरी कार्वाहीमा

२५ असार २०७४, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले मध्यक्षेत्रीय प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश केसीलाई प्रहरी आचारसंहिता बिपरित गतिविधि गर्ने ५५ जना लाई प्रहरीलाई कार्वाही गर्न निर्देशन दिएका छन् ।
बिगत चार हप्तादेखी निरन्तर प्रहरी संगठन भित्र भइरहेको अबैध पैसा असुल्ने कार्यहरुलाई छताछुल्ल पारी दिएपछि ती सबै प्रहरीलाई क्षेत्रमा बोलाएर स्पष्टीकरण लिई कार्वाही गरिएको छ । भने १५ जनालाई आवश्यक निगरानीमा राख्न सम्बन्धि जिल्लाका प्रहरी प्रमुखहरूलाई निर्देशन दिएको डिआइजी केसीले बताए ।
यसरी कार्वाहीमा पर्नेहरूमा प्रहरी नायब उपरीक्षकदेखि सिपाही सम्मका रहेका छन् । क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी केसीले भने , मातहतका थाना चौकीका सई, असई, जिल्लाका घुमुवादेखि व्यापारी र तस्करहरूसँग पैसा लिएकै आधारमा तस्करी गर्न छुट दिने बाराका प्रहरी नायब उपरीक्षकलाई कार्वाही गरिएको बताए ।
बाराका डिएसपी राजेन्द्र प्रसाद रेग्मीले घुमुवा प्रहरी खटाएर तस्करी गर्न छुट दिएको भन्ने सूचना प्रहरी प्रधान कार्यालयमा पुगेपछि उनलाई कार्यालयमा झिकाएर अनुसन्धान गर्न निर्देशन दिएलगत्तै रेग्मीलाई बुधबार क्षेत्रमा तानिएको बताए ।
त्यस्तै अञ्चल प्रहरी कार्यालयका एसएसपी सुर्य उपाध्यायको घुमुवाका रूपमा खटिएका प्रहरी हवल्दार महम्मद हुसेनलाई समेत क्षेत्रीय प्रहरी कार्यालयले कार्वाही गरेको छ । हुसेनले लामो समयदेखि व्यापारीदेखि तस्करहरू सँग खुलेआम रकम असुल्ने कार्यमा सक्रिय रहेपछि उनलाई मुग्लिङ-नारायणगढ खण्डको निर्माणाधीन सडक हेर्ने गरी खटाइएको डिआइजी केसीले बताए । प्रहरी संगठन बिपरित स्थानीय सित मासिक एक लाख रुपैयाँ उठाउने प्रहरी हवल्दार रामप्रवेश यादवलाई समेत क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरले स्पष्टीकरण सोधिए पछि गलत ठहरे संगै उनलाई पनि भिमफेदी तानेको बताए ।
त्यस्तै आफ्नो तोकिएको क्षेत्रमा नगई लामो समयदेखि बिरगंज जिल्लामा रजाइँ गर्ने निरञ्जन सिंहलाई ईलाका प्रहरी कार्यालय खैरेनीटार , प्रहरी चौकी सुखौरा , उदयपुर दरबन्दी भएका प्रहरी हवल्दार गोपाल भन्ने सत्यनारायण मिश्र , प्रहरी चौकी आलम्बु, दोलखा दरबन्दी भएका सिपाही नन्दन मण्डल, प्रहरी चौकी रामेछाप दरबन्दी भएका राजु गुप्ता , रानीपोखरी काठमाडौँ दरबन्दी भएका प्रहरी सहायक निरीक्षक अरविन्द यादव , जिल्ला प्रहरी कार्यालय रामेछाप दरबन्दी भएका प्रहरी जवान श्यामनन्दन यादव , बच्चा लाल राय यादव र निरजकुमार सिंह , ईलाका प्रहरी कार्यालय मकवानपुर फापरबारी दरबन्दी भएका प्रहरी निरीक्षक उमाशंकर यादव र रानीपोखरीमा दरबन्दी भए पनि लामो समयदेखि वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक अरविन्द यादवलाई बिर्ताबाट हटाई दरबन्दी रहेको स्थानमा रमाना दिई पठाइएको छ ।
यता कालिमाटी प्रहरी बृतमा दरबन्दी भई लामो समय देखी आफूलाई प्रहरी सहायक निरीक्षक बताउदै प्रहरी आचारण गतिविधि बिपरित कार्य गर्ने प्रहरी जवान सुरेन्द्र कार्की र प्रहरी जवान एक जनालाई पनि डिआइजी केसीले बताए । आइतबार मात्रै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी सहायक निरीक्षक जय लाल यादव र प्रहरी हवल्दार शिव शंकर ठाकुर लाई आफ्नु दरबन्दी भएको क्षेत्रमा पठाइ सकेको छ भने , महोत्तरीमा कार्यरर्त प्रहरी सहायक निरीक्षक जोखन बैठा र रौतहटमा कार्यारर्त प्रहरी हवल्दार जितेन्द्र महतोलाई समेत कार्वाही गरिएकाे छ ।
यस्तै, वडा प्रहरी कार्यालय पर्सा बिर्तामा रहेका प्रहरी सिपाही विजय यादवको दरबन्दी आयुक्तको कार्यालय काठमाडौँ भए पनि कमाउ धन्दामा लाग्नकै लागि निमित्त उनी त्यहाँ खटिएका छन् । यादव माथि पनि अनुसन्धान भैरहेको डिआइजी केसीले बताए ।
उता, चितवनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयनारायण यादवको प्रत्यक्ष संरक्षण मा प्रहरी जवान ठगेन्द्र पाण्डे र प्रहरी सहायक निरीक्षक अक्षय कुमार साहलाई पैसा उठाउने गरेकाे भन्दै कारवाही गरिएकाे छ ।
ईलाका प्रहरी कार्यालय सिमरामा विगत ९ वर्ष देखि घुमुवाका रूपमा कार्यरत प्रहरी सहायक निरीक्षक राजहरण यादवलाई मकवानपुर र पर्सा बिर्तामा नै कार्यरत अर्का सिपाही मिथिलेस प्रसाद साहको दरबन्दी सप्रसे नुवाकोट पठाउने तयारी भैरहेको केसीले बताए । उनले श्रेष्ठलाई आफ्नाे दरबन्दी भएको क्षेत्र ईलाका प्रहरी कार्यालय नवलपुर र पौडेललाई मकवानपुर पठाइएको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी