×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘धनकुटाको नतिजाबाट मात्रै सन्तुष्ट छौं, अरु जिल्लाबाट तनाव’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘धनकुटाको नतिजाबाट मात्रै सन्तुष्ट छौं, अरु जिल्लाबाट तनाव’

Artha Sarokar

२४ असार २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

Image result for oli
विराटनगर  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित नहुने र अर्को संशोधन पनि नआउने दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले यो महिनाको अन्त्यसम्ममा कुनै काम अघि नबढ्ने बताए । उनले सरकारमा रहेका कांग्रेस र माओवादीलाई देशहितका विरुद्ध संकिर्ण साना स्वार्थ लिएर अघि नबढ्न सुझाव समेत दिए । सरकारले संसदमा रहेको संविधान संशोधन विधेयक फिर्ता लिने र आफूहरुसँग छलफल गरेर मात्रै संशोधन पेश गर्नुपर्नेमा ओलीले जोड दिए ।
‘कसैको स्वार्थलाई केन्द्रित गरेर देशहितका विरुद्धमा गरिएको संशोधन प्रस्ताव फिर्ता हुनुपर्छ,’ ओलीले भने, ‘त्यसपछि छलफल गरेर संविधान संशोधन प्रस्ताव राख्न सकिन्छ ।’ उनले भने चुनावपछि मात्रै संविधान संशोधन गर्नुपर्ने बताए । ‘अहिलेको संसद भनेको संविधान कार्यान्वयन गर्नका लागि बनेको हो,’ ओलीले भने, ‘संविधान संशोधन चुनाव पछिको संसदले गर्नुपर्छ ।’
राजपालाई मोहरा बनाएर कांग्रेसले निर्वाचनमा हार व्यहोरिने डरले दुई नम्बर प्रदेशको चुनावको मिति पर धकेलेको आरोप लगाउँदै ओलीले तेस्रो चरणमा २ नम्बर प्रदेशमा हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी समेत गरे । संसदको म्याद थप्ने कुरामा राखेको जिज्ञासामा ओलीले म्याद थप्ने कुरा विश्वले नमान्ने र कहिँ नहुने पनि बताए । अर्को प्रसंगमा ओलीले धनकुटा जिल्लाबाहेकका जिल्लामा आफ्नो पार्टीले चित्तबुझ्दो नतिजा ल्याउन नसकेको र यसबारे चिन्तित रहेको बताए ।
‘अहिलेको निर्वाचनमा हामीले धनकुटाबाट मात्रै सन्तुष्ट भएका छौं, अरु जिल्लाले सन्तोषजनक नतिजा ल्याउन सकेनन्,’ उनले भने । – काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी