×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री देउवाले चुनावपछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री देउवाले चुनावपछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने !

२४ असार २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७५ सालसम्ममा तीनवटै तहको निर्वाचन गर्ने मनसाय बनाएका छन् । असोजअघि नै संविधान संशोधन गर्ने र त्यसपछि दुई नम्बर प्रदेशको चुनाव गर्ने देउवाको तयारी रहेको छ ।
स्रोतका अनुसार प्रदेशको यसै वर्षको अन्तिमतिर र केन्द्रको ०७५ साल जेठमा चुनाव गर्ने विषयमा उनले सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् । छलफलका क्रममा देउवाले केन्द्रीय संसदको चुनावपछि सत्ता प्रचण्डलाई सुम्पने आश्वासन समेत दिएका छन् ।
तीनवटै चुनाव कांग्रेस–माओवादी मिलेर गर्नुपर्छ भन्ने आशयका साथ प्रचण्डसँग वार्तालाप गरेका देउवाले यस्तो प्रस्ताव अघि सारेको देउवानिकट स्रोत बताउँछ । यस विषयमा प्रचण्डले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनले पार्टीभित्र छलफल गरेर मात्र यस विषयमा आफू बोल्ने बताएका छन् ।
स्रोतका अनुसार प्रचण्डले सकेसम्म यही वर्ष नै प्रदेश र केन्द्रीय चुनाव गर्नुपर्ने सुझाव देउवालाई दिएका छन् । तर, देउवाले भने कुनै पनि हालतमा यस वर्ष चुनाव गर्न सम्भव नभएको प्रतिक्रिया दिएको माओवादी स्रोत बताउँछ ।
यतिबेला संविधान संशोधनमा एमालेलाई मनाएर मधेसवादी दललाई खुसी पार्ने र संसदको म्याद थपि चुनाव सार्ने गृहकार्यमा देउवा छन् । काठमाडौं टुडेमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी