Skip to content
LAXMI SUNRISE BANK

जगन गुरुङसँगको सम्बन्ध बिग्रंदा गभर्नर गण्डकी विकास बैंकको कार्यक्रममा गएनन्, फोनबाटै भयो ‘डिजिटल उद्घाटन’ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – हरेक कुराको डिजिटलाइजेसन हुँदा पोखराको गण्डकी विकास बैंकको एकिकृत कारोबारको उद्घाटन कार्यक्रमपनि डिजिटल बनेको छ । बुधबार गभर्नर चिरन्जीवी नेपालले बैंकको एकिकृत कारोबार सुरु गर्ने औपचारिक कार्यक्रममा पोखरा नै नपुगी काठमाडौँबाट फोनबाट उक्त कार्यक्रमको उद्घाटन गरेका छन् । पोखराका दुई विकास बैंक गण्डकी र फेवा बैंक एक आपसमा गाभिएर बनेको गण्डकी विकास बैंकले बुधबारबाट एकिकृत कारोबार थालेको हो ।
फेवा र गण्डकीको एकीकरण पछि फेवाका सिइओ थापा सिइओ र फेवा कै पूर्व अध्यक्ष जगन गुरुङले अध्यक्षको जिम्मेबारी पाएका छन् ।गण्डकीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको छ भने फेवाले २७ करोड ३१ लाख रुपैयाँ कमाएको छ ।
तर गभर्नर नेपाल पोखरा नजानुको रहस्य भने बेग्लै छ । यहि फोनबाट उद्घाटन गरेको कुरालाई गभर्नरको कार्य व्यस्तता भएका कारण फोनबाट उद्घाटन गर्नु राम्रो भएको बताएका छन् भने कतिपयले भने फेवाका सीइओ जगन गुरुङसँग गभर्नर नेपालको राम्रो सम्बन्ध नरहेका कारण गभर्नर कार्यक्रममा नआएको चर्चा चलेको छ । ‘कर्यवास्त्यता भन्ने कुरा गलत हो । गभर्नरले सुरुमा आउंछु नै भनेका थिए । बैंकले पनि गभर्नरलाई बेइज्जतीको पाराले निम्तो गरेको थियो । नेपाललेपनि गुरुङलाई खास राम्रो मान्दैनन् । डिजिटल उद्घाटनको कुरा चित्त बुझाउने पाटो मात्र हो । गभर्नर नेपालकै इक्षा अनुसार उनी त्यहाँ पुगेनन् । ‘ गण्डकी बिकास बैंकका एक उच्च तहका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK