×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संखुवासभामा काँग्रेस अत्यधिक बहुमतले विजयी, धरान उपमहानगरमा पनि धमाका मच्चाउदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

संखुवासभामा काँग्रेस अत्यधिक बहुमतले विजयी, धरान उपमहानगरमा पनि धमाका मच्चाउदै

१६ असार २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । कांग्रेसका तर्फबाट प्रमुखको उम्मेदवार बनेका पासाङ नेर्वु शेर्पा भारी मतले विजयी भएका हुन् ।
उपप्रमुखमा पनि कांग्रेसकै यादुकुमारी राई बिजयी भएकी छिन् । पासाङ नेर्वु शेर्पाले १४६२ मत पाएका थिए । उपप्रमुखमा यदुकुमारी राईले १३७२ मत पाएर विजयी भएकी हुन् । एमालेबाट प्रमुखको उम्मेदवार बनेकाले ७७० मत पाए भने उपप्रमुखमा ७४९ मत आएको थियो ।
उता धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसले निरन्तर अग्रता लिइरहेको छ । अहिलेसम्म नेपाली काँग्रेसका उम्मेदवारले मेयरमा ६५९ र उपमेयरमा ६४३ मत पाएका छन् ।
यसैगरी, नेकपा एमालेले मेयरमा ४०० र उपमेयरमा ४१० मत ल्याएका छन् । तेस्रोमा रहेको माओवादीले मेयरमा १८३ र उपमेयरमा ८२ मत ल्याएको छ । अहिले वडा नम्बर १ र २ को मतगणना भइरहेको छ । बिहान १० बजेसम्म १३ सय १० मत गणना भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी