Skip to content
LAXMI SUNRISE BANK

चुनावको मुखमै किन सरुवा गरियो आयोगको सचिव

अर्थ सरोकार

काठमाडौं – सार्वजनिक खरिद एैन विपिरित करौडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीयत तह निर्वाचन पाँच दिन अघि निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली सरुवामा परेका छन् । 
मन्त्रिपरिषदको विहीबार बसेको बैठकले आयोगका सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरी उनको ठाउँमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई सरुवा गरी निमित्त सचिवको जिम्मेवारी दिईएको हो । 
निर्वाचनको निहुँमा करोडौंको मुल्य पर्ने पाँचवटा प्राडी गाडी किन्न सचिव मैनालीले नमानेपछि प्रमुख निार्वचन आयुक्त अयोधिप्रसाद यादव आयुक्तहरुलाई ईला शर्मा, नरेन्द्र दाहाल ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सचिवको सरुवा गराएका हुन् यो खबर आजको नागरिकमा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK