
सरकारले नगदरहित कारोबारमा आधारित ‘मोबाइल मनी’ प्रविधि छिट्टै सार्वजनिक गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकको संयुक्त पहलमा मोबाइल मनी सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको हो ।
मोबाइल मनी भनेको मोबाइल प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था हो । जुन नगदरहित (क्यासलेस) हुनेछ । ‘हामी साउनदेखि पूर्ण रुपमा प्रयोग हुने गरी मोबाइल मनी सार्वजनिक गर्दैछौं,’ प्राधिकरणका अध्यक्ष दिगम्वर झाले भने, ‘यसबाट नगदरहित कारोबार सुरु हुन्छ ।’
मोबाइल मनी सुरु गर्ने विषयमा प्राधिकरण र राष्ट्र बैंकका प्रतिनिधिको एक कार्यदल बनिसकेको छ । उक्त प्रविधि सार्वजनिक गर्न राष्ट्र बैंक र प्राधिकरणबीच छलफल भइसकेको र कार्यविधिको मस्यौदा समेत तयार भइसकेको झाले बताए । नागरिक दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्