×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजधानीमै सीआईबीको नक्कली कार्यालय ! ठगिए दर्जनौं

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राजधानीमै सीआईबीको नक्कली कार्यालय ! ठगिए दर्जनौं

Artha Sarokar

५ असार २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सीआईबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले आफूलाई सीआईबीका डीएसपी बताउने एक युवतीसहित तीनजनालाई बिहीबार पक्राउ गरेको हो ।
उनीहरुबाट नक्कली पेस्तोल र हत्कडीलगायत सामान बरामद भएको छ । घटनाको अनुसन्धान भइरहेको सीआईबीकी एसएसपी मीरा चौधरीले बताइन् ।
विगतमा पनि जेल परेर छुटेका शुक्रे लामा नेतृत्वको गिरोहलाई सीआईबीले पक्राउ गरेको हो । उनीहरुले विभिन्न व्यापारीलाई पक्राउ गरी कुटपिटका साथै थुनामा राखेर पैसा असुल्दै आएका थिए । सञ्चार सेट र पेस्तोलसमेत बोक्ने र आफूहरु सादा पोसाकका प्रहरी भएको भन्दै उनीहरुले यस्तो धन्दा चलाउँदै आएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी