×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले – माओवादी कार्यकर्ताले कांग्रेस पूर्व मन्त्री कुटे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमाले – माओवादी कार्यकर्ताले कांग्रेस पूर्व मन्त्री कुटे

४ असार २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सोलुखम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीमाथि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हातपात गरेका छन् ।
‘म सहित चार जना साथीहरु एउटा गाडीमा थियौं अरु १५ जना साथीहरु अर्को गाडीमा हुनुहुन्थ्यो,’ केसीले भने, ‘माओवादीको गाउँपालिका अध्यक्ष नेतृत्वमा एमाले र माओवादीको संयुक्त झुण्डले गाडीबाट ओरालेर कुटपिट गर्दै कार्कीलाई लगे । मलाई पनि हातपात गरे ।’
कुटाइ खाएका नेता सकुशल छन् । उनलाई खासै चोटपटक लागेको छैन । यता माओवादी केन्द्र सोलुखुम्बुले भने आफ्नो पार्टीले कसैलाई नकुटेको प्रष्ट पारेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी