×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोवाइल र ल्यापटपको क्यामेराबाट तपाइको निगरानी गर्दैछ फेसबुक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मोवाइल र ल्यापटपको क्यामेराबाट तपाइको निगरानी गर्दैछ फेसबुक !

Artha Sarokar

२ असार २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – सोसल नेटवर्किंङ साइट फेसबुकले कम्प्युटरको वेबक्याम तथा स्मार्टफोनमा रहेको क्यामराको माध्यमबाट प्रयोगकर्ताहरुको गोप्य रुपमा निगरानी गर्ने तथा प्रयोगकर्ताको गतिविधि रेकर्ड गर्ने योजना बनाइरहेको छ ।
फेसबुकले दर्ता गराएको एक टेक्नोलोजी पेटेन्टका बारेमा हालै खुलासा भएको छ । जस अनुसार फेसबुक अब प्रविधिको माध्यमबाट प्रयोगकर्ताका प्रतिक्रिया तथा आनीबानीका विषयमा जानकारी हासिल गर्नेछ र सोही आधारमा प्रयोगकर्तालाई सामाग्रीहरु पस्किनेछ ।
फेसबुकमा देखिने कन्टेन्टहरुको बारेमा प्रयोगकर्ताले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुराको निगरानी गर्न वा रेकर्ड राख्ने काम उक्त प्रविधिले गर्नेछ । 
साथै फेसबुकमा लामो समयसम्म टिकाइराख्ने तस्वीरको समेत फेसबुकले विश्लेषण गर्नेछ । यसक्रममा क्यामराबाट खिचेको प्रयोगकर्ताको मुखाकृतिको विश्लेषण गर्नेछ ।
अर्थात् यदि तपाइँले फेसबुकमा कसैले राखेको तस्वीर हेरेर मज्जा लिनुभयो र मुस्कुराउनुभयो भने तपाइँको त्यो अभिव्यक्तिको आधारमा फेसबुकले तपाइँको न्यूज फिडमा सोही व्यक्तिका अन्य तस्वीर पनि देखाइदिनेछ ।
तर यदि तपाइँले कुनै तस्वीर वा भिडियो हेरेर बेखुस भई तत्काल फेसबुकबाटै बाहिरिनुहुन्छ वा स्क्रिनबाट नजर हटाउनुहुन्छ भने फेसबुकले तपाइँको न्यूजफिडमा यस्तो खाले भिडियो तथा फोटोहरु देखाउन बनद गर्नेछ । 
विज्ञापनको मामिलामा पनि यो लागू हुनेछ । यद्यपि, फेसबुकले आधिकारिक रुपमा यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी