×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादीले नसारौं भन्दा भन्दै पनि किन चुनाव सार्न चाहन्छ कांग्रेस ? खास खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माओवादीले नसारौं भन्दा भन्दै पनि किन चुनाव सार्न चाहन्छ कांग्रेस ? खास खुलासा

१ असार २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उम्मेदवारी दर्ताको अघिल्लो दिन चुनाव सार्ने विषयमा बालुवाटारमा छलफल चलिरहेको छ। बैठकमा नेपाली कांग्रेसले राजपासँग सहमति गरेर असार १४ को चुनाव सार्न प्रस्ताव गरे पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मानिरहेका छैनन्।
प्रचण्ड संविधान संशोधनमा अग्रिम सहमति गरेर असार १४ मै चुनाव गर्नुपर्ने पक्षमा छन्। तर, प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका शीर्ष नेताहरु असार १४ को चुनाव सार्ने पक्षमा देखिएका छन्। 
राजपालाई सहमतिमा ल्याउने भनिए पनि चुनाव सार्न खोज्नुमा कांग्रेसको अर्कै नियत रहेको देखिन्छ। कांग्रेसले असार १४ को चुनाव सार्न खोज्नुमा पहिलो कारण चुनाव हार्ने डर नै भएको खुलासा भएको छ । पार्टीभित्र विवाद भएका कारण दोस्रो चरणको निर्वाचनमा नतिजा अझै नराम्रो आउने कांग्रेस नेताहरुको आंकलन छ। 
पछिल्लो समय मधेशमा कांग्रेस नेताहरु एकाएक माओवादी केन्द्रमा प्रवेश गर्न थालेकाले पनि कांग्रेस नेताहरु आत्तिएका हुन्। कञ्चनपुर र जनकपुरका कांग्रेस नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि देउवा समेत आत्तिएको स्रोत बताउँछ। राजपासँग मिलेर चुनाव लड्ने सोच बनाएका कारण कांग्रेस आत्तिएको हो। 
मधेशमा मधेशी दल चुनावमा नआउने, एमाले अध्यक्ष ओलीको बोलीले मधेशमा एमाले खस्किएको र माओवादीको जनआधार बलियो बन्दै गएको छ। यसरी दोस्रो चरणमा थप कमजोर भएपछि कांग्रेस नेताहरु चुनाव सार्न लागिरहेका छन्। तर, माओवादी केन्द्रका नेताहरु भने असार १४ मै चुनाव हुनुपर्ने अडानमा रहेको एक नेताले बताए। 
बाहिर चुनाव सार्नै हुन्न भन्ने एमाले नेताहरु समेत राजपालाई चुनावभन्दा बाहिर राख्न कम्मर कसेर लागेका छन्। राजपा चुनावमा आयो भने मधेशमा एमालेलाई धक्का लाग्ने विश्लेषण गरेका नेताहरुले राजपाका नेताहरुलाई चुनावमा नआउन उचालिरहेका छन्। तपाईहरुका माग सरकारले सुनेकै छैन, के भनेर चुनाव लड्नुहन्छ भन्दै एमाले नेताहरु राजपाका नेताहरुलाई भन्ने गरेको राजपाका एक नेताले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी