
दैलेखको राकम कर्णालीमा बस दुर्घटना भएको छ । बस दैलेखको आठबिस नगरपालिका–४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा खस्दा १० जनाको मृत्यु भएको छ । १८ यात्रु घाइते भएका छन् ।
कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर योगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनास्थलमा उद्धार जारी छ ।
घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको खड्काले बताए । दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत भएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्