×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यराति प्रहरी अफिसरले रेस्टुरेन्टकी महिला कुटेपछि गृहमन्त्रालय पुगे पिडित

अर्थ सरोकार

प्रकाशित मिति : ३० जेष्ठ २०७४, मंगलवार

PRIME CA

मध्यराति प्रहरी अफिसरले रेस्टुरेन्टकी महिला कुटेपछि गृहमन्त्रालय पुगे पिडित

गोंगबु नया बसपार्कमा प्रहरीकी ड्युटी अफिसरले रेस्टुरेन्टकी एक महिलामाथि मध्यराति कुटपिट गरेकी छिन । 
उर्वसी रेस्टुरेन्टमा आइतबार राति १० बजे ग्राहक र स्टाफबीचको सामान्य विवादलाई ठूलो विषय बनाएर ड्युटी अफिसर असई शुवर्णा बानियाँले आफ्नो गालै गालामा हिर्काएको पिडित महिलाले बताइन। 
विवाद साम्य पार्ने भन्दै प्रहरी चौकीमा बोलाएर बानियाँले महिलामाथि कुटपिट गरेकी हुन् । त्यस क्रममा त्यहाँ वरपरका रहेका अन्य स्थानीयले गल्तीबिना महिलामाथि त्यसरी कुटपिट नगर्न आग्रह गर्दा ‘डिस्टर्ब गरे सबलाई गोद्छु’ भन्दै धम्क्याएको एक प्रत्यक्षदर्शीले  बताए । 
बानियाँलाई सई सुमन छन्त्यालले सहयोग पनि गरे । महिलालाई नकुट्न आग्रह गर्न पुगेका अन्यलाई छन्त्यालले थर्काउदै लखेटेको पिडितको आरोप छ । शुवर्णा र छन्त्यालले अाफ्नो मोबाइल समेत जफत गरेको पीडित महिला स्टाफले बताएकी छन् ।
नयाँ बसपार्कमा बानियाँ र छन्त्यालले विभिन्न बहानामा पैसा असुल्दै नदिए दुःख दिने गरेको व्यवसायीहरु बताउँछन् । यसैबीच शुवर्णा र छन्त्यालले दुःख दिइरहेको भन्दै पीडितहरु गृहमन्त्री प्रभाकरको शरणमा पुगेका छन् । उनीहरुले छन्त्याल र बानियाँलार्इ कारवाहीको माग गरेका छन् ।
आरोप प्रमाणित भए कारवाही भोग्न तयार : छन्त्याल 
यता सई छन्त्यालले आफूहरुले कसैमाथि पनि कुटपिट नगरेको दावी गरेका छन् । हामीसँग कुरा गर्दै उनले विवाद साम्य पारेर सबैलाई तुरुन्त घर पठाईएको बताएका छन् । ‘हामीले कुटपिट गरेका हैनौ, बरु दुवै पक्षलाई सम्झाई बुझाई गरेर घर पठाएका हौं । उनले भने ।
उनले बिभिन्न बहानामा पैसा असुली गर्छ भन्ने कुरा निराधार भएको पनि दावी गरेका छन् । ‘ हामीले कसैसँग असुली गर्ने या अनैतिक कार्यलाई सहायोग गर्ने जस्ता कार्य गर्दनौं, यदि यहाँको कुनै व्यापारीले त्यस्तो गरेको प्रमाण लिएर आउछ भने म कानुनबमोजिम कारवाही भोग्न तयार छु ।’ छन्त्यालले भने । 
यस्तै महिला स्टाफलाई कुट्ने असई शुवर्णा बानियाँले भने  कुरै गर्न चाहिनन् । उनिसँग फोनसम्पर्क हुदाँ उनले यो विषयमा अफिसमा बुझ्नुस भन्दै फोन काटिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: