×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘म ईन्सपेक्टर हुँ’ भन्दै सर्वसाधारण र व्यावसायीलाई सिपाहीले धम्क्याएपछी…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘म ईन्सपेक्टर हुँ’ भन्दै सर्वसाधारण र व्यावसायीलाई सिपाहीले धम्क्याएपछी…

Artha Sarokar

३० जेष्ठ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महानगरीय प्रहरी आयुक्त कार्यालयमा कार्यरत एक प्रहरी जवानले आफु प्रहरीको अफिसर हो भन्दै सर्वसाधारण र व्यावसायीलाई धम्क्याउन थालेको रहस्य बाहिर आएको छ । 
आयुक्त कार्यालयको कन्ट्रोल रूममा काम गर्ने प्रहरी जवान कुमारबहादुर खड्काले प्रहरी बर्दीको दुरूप्रयोग गर्दै व्यावसायीलाई धम्क्याएको हो । सिनामंगलस्थित थ्री बद्रश ह्युम्यान रिर्सोस मेन पावरमा गैर कानुनी तरीकाले पुगेका जवान खड्काले विदेशबाट फर्किएका रामेछापका दिलबहादुर खड्कालाई क्षतीपूर्ती दिलाउन प्रहरी बर्दीको दुरूप्रयोग गरेका हुन् । आफु प्रहरी को सिनियर अफिसर भएको भन्दै  जवान खड्काले तत्काल दुई लाख क्षतीपूर्ती नदिने भए प्रहरी भ्यान बोलाएर लैजाने भन्दै व्यवसायीलाई धम्क्याएका थिए । गलत गर्ने धेरै प्रहरी हवल्दार र जवानलाई कारवाही गरेसेको भन्दै उनले तत्काल पैसा फिर्ता नदिए कारवाही गर्ने भन्दै व्यवसायीलाई धम्क्याएका थिए । 
डेढ महिनाअघि ड्राईभर पेसामा कतार पुगेका दिलबहादुर गएको कम्पनी छाडेर अर्को कम्पनीमा बढी तलब आउने भएपछि भागेका थिए । भागेका दिलबाहादुरलाई तत्काल कतार प्रहरीले पक्राउ गरी नेपाल डिपोट गरेको थियो । आफ्नै कारणले नेपाल फिर्ता भएका दिलबाहादुरले नाताले भाई पर्ने प्रहरी जवान खड्कालाई दुरूप्रयोग गरी मेनपावरबाट पैसा असुल्न खोजेका थिए । त्यसको चालपाएपछि व्यवसायीलाई गौशाला वृत्तलाई खबर गरेका थिए । गौशाला वृत्तले तत्क्काल उनिहरूलार्ई नियन्त्रणमा लिएर वृत्त पु¥याएको थियो । वृत्तमा पुगेपछि बल्ल उनको राज खुल्यो सिपाही, हवल्दारलाई कारवाही गर्ने उनी त आयुक्त कार्यालयका खुद सिपाही रहेछन् । वृत्तका डिएसपी नवराज कार्कीले प्रहरीले हेर्न र अनुसन्धान गर्न नमिल्ने केस भएको कारण वैदेशिक रोजगार विभाग जान ति प्रहरीलाई सुझाएका थिए । जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी