Skip to content
LAXMI SUNRISE BANK

दौंतरीलाई देउवाले दिए धोका, अब बागी उठ्ने !

अर्थ सरोकार

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेलनेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन् । देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट आफूलाई देउवाले गम्भीर धोका दिएको भन्दै कांग्रेसबाट बागी उम्मेदवार बन्न लागेका हुन् ।
०२७ सालमा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्यसमेत रहेका सुरेन्द्र देउवाका पुराना साथी हुन् । नेपाली कांग्रेसमा आफूले दिएको योगदानबारे देउवालाई राम्रोसँग थाहाम भए पनि देउवाले पछिल्ला दिनमा गम्भीर धोका दिएको विश्लेषण गर्दै उनी सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछामको कमलबजार नगरपालिकाकमो प्रमुख पदमा बागी उम्मेदवार बन्न लागेका हुन् ।
लामो समयसम्म कांग्रेसमा योगदान पुर्याएका सुरेन्द्रलाई अछाम कांग्रेसले कमलबजार नगरपालिकाको प्रमुखमा सिफारिस गरेको थियो । तर, अन्तिममा उनको सिफारिस उल्ट्याएर ओमप्रकाशन विष्टलाई दिइएको राजधानीले लेखेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK