×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको मनहरी र दलदलेमा शाखा विस्तार

PRIME CA

मुक्तिनाथ विकास बैंकको मनहरी र दलदलेमा शाखा विस्तार

२९ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – मुक्तिनाथ बिकास बैक लिमिटेडले यहि जेठ २७ गते शनिबारका दिन मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ मनहरी बजारमा, मनहरी शाखाको उद्घाटन सम्पन्न गरेको छ । त्यस्तै, आईतवार पनि नवलपरासीको देवचुली नगरपालीका १३, दलदले, नवलपरासी पनि शाखा विस्तार गरी एकै दिनको फरकमा बैंकले दुई शाखा विस्तार गरेको छ ।
मनहरी शाखाको उद्घाटन मकवानपुर जिल्ला क्षेत्र नं. ४ का सांसद श्री राजाराम स्याङतानले गरेका थिए । आर्थिक सम्बृद्धिको लागि बैकहरु जनतामाझ पुगेर दिने सेवाले अत्यन्तै महत्वपुर्ण भुमिका रहने स्याङतानले बताए । उनले पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको सम्बृद्धिको लागि मुक्तिनाथ बिकास बैकले बिशेष भुमिका निर्वाह गर्नेमा आफु ढुक्क रहेको बताए ।
यसैगरी दलदले शाखाको समुद्घाटन गर्दे देवचुली नगरपालीकाका मेयर श्री पुर्ण कुमार श्रेष्ठले जनताको आयस्तरलाई माथी उकास्न तथा व्यवसायलाई विस्तार गर्नका लागि यस क्षेत्रमा मुक्तिनाथ विकास बैंकको भुमिका महत्वपूर्ण रहने बताए ।
बंैकका संचालक श्री चुडामणि कडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शाखा प्रबन्धक श्री राकेश गुरु¨ र विष्णु अधिकारीले स्वागत मन्तब्य राखेको थियो ।
उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भरतराज ढकालले वैकले स्थापना कालदेखी जनतामाझ प्रदान गर्दै आएका सेवा सुविधा लगायत विगत, वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा चर्चा गरेको थियो । सो क्रममा उनले मुक्तिनाथ विकास बैंकले नेपाली समाज सुहाउदो सेवाहरु जस्तै आधुनिक वैकि¨, ग्रामिण वैकि¨ तथा लघुवित्त वैकि¨ सेवाहरु प्रदान गरेको वताए ।
उक्त कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका अध्यक्ष गोबिन्द प्रसाद रिजाल, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर तितुङ र मनहरी एफएमका स्टेशन म्यानेजर शिवकुमार रिजाल, देवचुली नगरपालीकाका उप मेयर श्री पार्वता तिवारी, भिमसेन आदर्श मा.वि का प्रधानध्यापक श्री नरदेव न्यौपाने, परोपकार वचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री देवराज पौडेलले आफ्नो मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा लघुवित्त कार्याक्रममा आवद्ध सदस्य, स्थानीय व्यापारी, समाजसेवी, कृषक सर्बसाधारण लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: