Skip to content
LAXMI SUNRISE BANK

विश्व वातावरण दिवसको अवसरमा एनआइसी एसियाले गर्यो वृक्षारोपण, आर्थिक बर्षभित्र ७००० विरुवा रोप्ने अठोट !

अर्थ सरोकार

काठमाडौँ – एनआईसी एशिया बैंकले विश्व वातावरण दिवसको अवसरमा जेठ गतेका दिन बैंकको कुस्मा शाखाद्वारा जिल्ला प्रहरी कार्यालय,पर्वत, बैकंको अत्तरीया शाखाद्वारा कैलाली जिल्लास्थित सैनिक आवासीय महाविद्यालयको एव बैकंको ईलाम शाखाद्वारा ईलाम नगरपालिकाको स्वामित्वमा रहेको नगर बाल उद्यानमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याएको छ । 
बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सो को यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था तथा निकायहरुको सहकार्यमा वृक्षारोपण गर्दै आइरहेको र यसै क्रममा बैंकले यहि आर्थिक वर्ष २०७३-७४ भित्र मुलुकभर ७००० विरुवाहरुको वृक्षरोपण गर्ने अठोट लिएर अघि बढेको वताएक छ । यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन तथा हरियाली कायम गर्न योगदान पुग्ने विश्वास लिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK