
- अर्थ सरोकार सम्बाददाता
सल्यान – नेपाल कम्युनिस्ट पार्टीले सल्यान जिल्ला बन्दको घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालयमा धरौटी राखेर छुट्ने लगत्तै पुनः नेता-कार्यकर्ता गिरफ्तारीको विरुद्ध सोमबार सल्यान बन्दको घोषणा गरेको हो । चुनाव विरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका नेता-कार्यकर्तालाई धरौटीमा छाडेको केही समयमै पुनः पक्राउ गरिएको थियो । उनिहरुले जिल्ला प्रशासन कार्यालयमा पाँच-पाँच हजार धरौटी राखेर छुटेका थिए ।
शारदा नगरपालिका ८ का घनश्याम विक, दार्म गाउँपालिका-३ का मोहन केसी, ढोरचौर गाउँपालिका १ का सुकलाल बस्नेत र रोल्पा सुकिदह गाउपालिका ४ का टोप बहादुर डाँगीलाई प्रहरीले पुनः पक्राउ गरी हिरासतमा राखेको छ । नेकपा सल्यानका सेक्रेटेरी लोकपाल केसीले धरौटीमा छुटेका अाफ्ना नेता-कार्यकर्ताहरुलाई विना कारण पुनः पक्राउ गरिएको विरोधमा जिल्ला बन्द गरेको बताए । एक दिने जिल्ला बन्द सांकेतिक विरोध भएको बताउँदै सेक्रेटरी केसीले पक्राउ गरिएका नेता-कार्यकर्तालाई रिहा नगरिए सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्